News

हत्याको आरोप लागेका नव निर्वाचित मेयर प्रहरी नियन्त्रणमा 

हत्याको आरोप लागेका नव निर्वाचित मेयर प्रहरी नियन्त्रणमा 

अछामको पञ्चदेवल विनायक नगरपालिकाका नवनिर्वाचित मेयर अम्बिका चलाउनेलाई हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीय तह निर्वाचन ताका पञ्चदेवल विनायक –४ का १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणका आरोपित चलाउने सहित दुई जना शनिवार आफै प्रहरीमा उपस्थित भएका हुन।

 
उक्त मुद्दामा प्रहरीले यसअघि नै पाँच जनालाई पक्राउ गरिसकेको थियो । आइतबार चलाउनेसहित सात जनालाई अदालतबाट २ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

गत वैशाख १७ गते बेपत्ता भएका शाहीको शव २० गते भेटिएको थियो । जेठ २६ गते शाहीका परिवार र आफन्तले नवनिर्वाचित मेयर चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरी पर्नेमा अधिकांश स्थानीय कांग्रेसका नेता तथा कार्यकर्ताहरू परेको डीएसपी नारायण डाँगीले जानकारी दिए ।

यसरी भएको थियो घट्ना
स्थानीय तह निर्वाचनका लागि वैशाख ३० गते पञ्चदेवल विनायक नगरपालिका ४ को स्वास्थ्य चौकी मतदान केन्द्रमा मतदान भइरहेको थियो । एक जना एमाले निकटका स्थानीयले मतदान गर्ने विषयले एमाले तथा कांग्रेसका नेता/कार्यकर्ताका बीचमा विवाद भयो।

विवाद वढ्दै जाँदा प्रहरीले हवाइ फायर गर्दा पनि गर्यो। त्यसपछि कांग्रेस, एमाले, माओवादी, समाजवादीका सबै उम्मेदवारले विवाद नलम्ब्याउने र आ–आफ्ना कार्यकर्तालाई सम्झाउने भनेपछि मतदान पुनः सुरु भएको थियो ।

कालिकास्थानका अम्बिका चलाउने कांग्रेसबाट र योगेन्द्र विष्ट नेकपा एकीकृत समाजवादीबाट गरी सोहि वडाबाट २ जना मेयर पदका उम्मेदवार थिए । नेपाली कांग्रेसका उम्मेदवार अम्बिका मेयरमा विजयी भइन्। विवाद जेठ १६ गते फेरि बल्झियो ।

स्थानीयका अनुसार जेठ १६ गते कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भयो । त्यहाँ कांग्रेस कार्यकर्ता घाइते भएपछि कांग्रेस कार्यकर्ता जेठ १७ गते उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुगे। उनीहरु फर्किएपछि १७ गते साँझ फेरि झडप भयो । कांग्रेस कार्यकर्ताले आरोप लगाएका एमाले कार्यकर्तालाई पक्राउ गरेर लैजान खोज्दा प्रहरी र स्थानीय महिलाबीच लछारपछारको भयो।

सोही घट्नापछि वेपत्ता भएका बालक शाहीको शव भेटिएपछि कांग्रेसबाट निर्वाचित नगरप्रमुखको संगलग्नतामा हत्या भएको भन्दै जेठ २१ गते चलाउनेको घर तोडफोडदेखि इलाका प्रहरी कार्यालय र प्रहरीको गाडी पनि तोडफोड भएको थियो। 
 

हत्या विनोद शाही पञ्चदेवल विनायक नगरपालिका अम्बिका चलाउने

विशेष