News

मात्तिम बिर्ता केन्द्र विन्दु बनाएर ६ म्याग्नेच्युडको भुकम्प

मात्तिम बिर्ता केन्द्र विन्दु बनाएर ६ म्याग्नेच्युडको भुकम्प

खोटाङको साकेला गाउँपालिका–५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर आईतवार विहान ६ म्याग्नेच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ ः १३  बजे भूकम्प गएको भुकम्प गएको हो।

केन्द्रकी प्रमुख मोनिका झाले यो खोटाङको मात्तिम बिर्ता केन्द्रविन्दु भएर ६ म्याग्निट्युडको भूकम्प गएको बताइन् । केन्द्रका अनुसार यो गोरखा भूकम्पको पराकम्पन नभई छुट्टै भूकम्प हो । खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामासम्म भूकम्पको धक्का महसुस भएको छ ।

खोटाङमा भूकम्पको कडा धक्का महसुस भएको छ। भूकम्पको केन्द्रविन्दु रहेको गाउँपालिकाकी उपाध्यक्ष बिर्सिका राईले छोटो तर कडा धक्का आएको बताईन। प्रहरी र उपाध्यक्ष राईका अनुसार क्षतिको विवरण आइनसकेको छैन। 
 

भूकम्प

विशेष