News

भारत सरकारद्वारा विभिन्न संस्थालाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार

भारत सरकारद्वारा विभिन्न संस्थालाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार

भारत सरकारले अनुदान सहायता स्वरूप विभिन्न हितग्राही संस्थालाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ।

आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालस्थित भारतीय राजदूतावासले ति एम्वुलेन्स र स्कुल बस उपहार दिएको हो।

नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपलब्ध गराइएको दूतावासले जनाएको छ।

एम्बुलेन्स र बस प्रदान गरिएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए। श्रीवास्तवले सम्बन्धित विभिन्न बस र एम्बुलेन्स प्रदान गरिएका संस्थालाई चाबी प्रदान गरेका थिए। यो सहयोग भारत स्वतन्त्र भएको ७५ औं वर्षगाँठको अवसरमा प्रदान गरिएको हो।

राजदुत श्रीवास्तवले स्वास्थ्य र शिक्षा क्षेत्रमा पूर्वाधार पक्षलाई सुदृढ गर्ने नेपाल सरकारको प्रयासलाई टेवा पु¥याउन नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत यस्ता किसिमका सहयोग लामो समयदेखि चलिआएको परम्पराको रुपमा रहेको बताए।


भारतले सन् १९९४ यता नेपालका विविन्न जिल्लामा अवस्थित संस्थाहरूलाई ९४० वटा एम्बुलेन्स र १८४ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिसकेको छ। 

विशेष