News मनोरञ्जन

दिपकराज गिरीलाई टिकटकरले यसरी दिए तनाव

दिपकराज गिरीलाई टिकटकरले यसरी दिए तनाव

सुचना तथा मनोरन्जनलगायतका कारण पछिल्लो समय सामाजिक सञ्जालमा सवैको चासो छ। सवैले यसलाई आ–आफनो हिसावले चलाउँछन्। धेरैलाई सामाजिक सञ्जालले फाईदा नै गरेको छ तर, कतिपयलाई भने समाजिक सञ्जालकै कारण तनाव पनि हुने गरेको छ। 

यसको पछिल्लो उदाहरण हो– दिपकराज गरी, दिपाश्री निरौला लगायतलाई भर्खरै छायाङ्कन सुरु भएको फिल्म ‘छक्का पञ्जा ४’ को टिम। फिल्मको छायाङ्कन सुरु भएको एक साता पनि भएको छैन । फिल्मको एक दृश्य भने सामाजिक सञ्जालमा भाइरल भएको छ । यो दृश्य बाहिरिएपछि निर्माण युनिट अहिले तनावमा छ ।

फिल्मको राजा पात्र (दीपकराज गिरी) चारखालको सुधार गृह (कारागार) बाट निस्किएको दृश्य टिकटक भाइरल भएको हो । भिडियोमा राजा पात्रालाई पञ्चेबाजासहित भव्य स्वागत गरिएको छ । फिल्मको सुटिङ भइरहेको हेर्न पुगेका एक व्यक्तिले त्यो भिडियो खिचेर टिकटकमा ‘छक्का पञ्जा ४ मा दीपकराज गिरिको फस्ट लुक भन्दै अपलोड गरेका छन् ।

लगातार ३ वटा सिरिज हिट भएपछि छक्का पन्जा ४ निर्माण गरिरहेको चलचित्रको क्लिप यसरी वाहिरीएपछि निर्माण पक्ष तनावमा परेको हो।  यो दृश्य छायाङ्कनका लागि निर्माण युनिटले लाखौ खर्चिएको देखिन्छ ।

टिकटकको फलोअर्स बढाउने लोभमा कसैले खिचेर हालिदिँदा पैसा र मिहिनेत दुवै पानीमा फिर्ने देखेर निर्माण युनिटमा तनाव भएका हो । फिल्म युनिट टिकटकमा बाहिरिएको दृश्य फिल्ममा राख्ने वा अर्को सिन खिच्ने दोधार रहेको जनाईएको छ। 

हेमराज विसीको निर्देशन रहने ‘छक्का पञ्जा ४’ मा दीपकराजसँगै बेनिशा हमाल, केदार घिमिरे, दीपाश्री निरौला, राज आचार्य, निर्मल शर्मा, नीर शाह, शिशिर बाङ्देल लगायतको अभिनय रहनेछ ।
 

दिपकराज गरी दिपाश्री निरौला छक्का पञ्जा ४

विशेष