News

झाँक्रीको पदचाप पछ्याउँदै बालेन्द्रः भन्छन्– कामको परिणाम पछि देखिन्छ

झाँक्रीको पदचाप पछ्याउँदै बालेन्द्रः भन्छन्– कामको परिणाम पछि देखिन्छ

काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साह तत्कालिन शहरी विकास मन्त्री रामकुमारी झाँक्रीकै बाटोमा हिड्न र उनकै भाषा बोल्न थालेका छन्। बालेन्द्रले काठमाण्डौ महानगरपालिकाको फोहोर मैला ब्यवस्थापनमा अहिले तत्काल नतिजा नदेखिएपनि दिर्घकालिन रुपमा राम्रो नतिजा आउने गरी काम गरिरहेको वताएका छन् ।

पूर्वमन्त्री झाँक्रीले शहरी विकास मन्त्रालयबाट अपेक्षाकृत काम नभएको भन्दै आलोचना हुन थालेपछि आफुले महत्वपूर्ण काम गरिरहेको र त्यसको प्रतिफल पछि आउने वताउने गरेकी थिईन। तर, उनले देखिने गरी आफनो कार्यकालमा खासै काम गर्न सकिनन्। उनी मन्त्रीबाट वाहिरीएपछि पनि उनका कामको प्रतिफल देखिएको छैन। नत अव हुने महसुस नै भएको छ।

अहिले काठमाण्डौंका मेयर साह पनि झाँक्रीकै भाषा प्रयोग गर्न थालेका छन् । काठमाण्डौंको फोहोर ब्यवस्थापन गर्ने मुख्य एजेण्टा बोकेर चुनाव जितेका साहले फोहोर ब्यवस्थापन नभएसम्म खादा समेत नलगाउने र खुसीयाली पनि नमनाउने बाचा गरेका छन् । तर, अहिलेसम्म फोहोर ब्यवस्थापनको दिर्घकालिन योजना र काठमाण्डौंको फोहोर कम भएको नागरिकले महसुस गर्न सकेका छैनन्। 

यही विचमा पोखरामा आयोजित महानगरका मेयर तथा उपमेयरको सम्मेलनमा बोल्दै साहले ‘अहिले महानगरले गरेको काम तत्काल नदेखिए पनि नदेखियोस्, तर ५० वर्ष पछिसम्म टिकोस्’ भन्ने हिसावले आफुले काम गरिरहेको वताए । ‘हाम्रो बुझाइ के छ भने काम बरु नदेखियोस्, तर सँधैका लागि होस् । हामी नआत्तिइकन गर्छौ’ उनले भने–‘हामी एक वर्षसम्म महानगरबासीबाट गाली खान तयार छौं । तर हामीले महानगर राजधानीलाई जोगाउनुपर्छ ।’

उनले अन्य महानगरले काठमाडौं महानगरबाट सिक्नुपर्ने कुरा अहिलेसम्म केही नभएको वताए । वरु, नसिक्नुपर्ने कुरा धेरै रहेको उनको भनाई छ। काठमाडौंले गरेका गल्ती नदोहो¥याउन अन्य महानगरलाई उनले आग्रह गरे । 
सामाजिक सञ्जाल र मिडियामा नराम्रो कुराहरू आउने र राजनीतिक दवावमा निर्णय लिने प्रवृत्ति रहेको भन्दै उनले ‘अहिले पनि तुरुन्तै दुई÷पाँच अर्ब खर्च गरेर मेसिन ल्याउने हो भने फोहोर व्यवस्थापन गर्न सकिन्छ । तर, त्यो दिगो समाधान होइन’ भन्दै आफनो कुरा राखे।

बालेन्द्र साह

विशेष