News

ओशो सन्यासी राउतको यो रुप, फोटो सार्वजनिक भएपछि विवादमा

ओशो सन्यासी राउतको यो रुप, फोटो सार्वजनिक भएपछि विवादमा

भर्खरै सन्यासी बनेका जनमत पार्टीका अध्यक्ष डा. सिके राउत एक महिलासँग सुतेको फोटोले विवादमा परेका छन् । राउतको छातीमा हात राखेर मदहोस भएर सुतेकी महिलासँगको फोटोका कारण उनको आलोचना भईरहेको छ।

महिलाको परिचय खुलेको छैन। तर, सन्यासी भएको मान्छे यसरी परस्त्रीसँग सुतेको भन्दै सामाजिक सञ्चालमा तिव्र आलोचना भईरहेको छ। फोटो हेर्दा ताजा अवस्थाकै हो। सेतो कपडा लगाएका राउत र ती महिला सैतै कपडाको ओछ्यानमा सुतेका छन्। राउतले सन्यासी हुँदा लगाएको माला गलामा छ।

उनको दुवै हात छातिमाथि र दुवै हातले माला समाएको छ। उत्तानो परेर सुतेका राउतको दायाँपटि राउततर्फ फर्केर महिला सुतेकी छन्। उनको दायाँ हात राउतको छातिमा छ। दुवै जना आँखा चिम्लेर मदहोस अवस्थामा सुतेका छन् ।

यो फोटो सार्वजनिक भएसँगै राउतको आलोचना उत्कर्षमा छ । सन्तोष यादव नामका फेसवुक प्रयोगकर्ताले उनको फोटो शेयर गर्दै लेखेका छन्–‘यसरी अर्काको बुढो, अर्काकी बुढीसँग आँखा चिम्लेर आनन्दले सुत्न पाइदो रहेछ र पो मान्छे ओशो कि ओशो भन्दै मरिहत्ते गर्दा रहेछन् ।’ 

राउत गत साउन ११ गते काठमाडौंमा स्वामी आनन्द अरुणबाट दीक्षा लिएर ओशो सन्यासी बनेका हुन् । ओसो सन्यासी वनेपछि उनको नाम परिवर्तन भएर ‘आनन्द मैत्रय’ भएको छ।

कुनै बेला तराईलाई छुट्टै देश बनाउने अभियानमा लागेर राज्य द्रोहको मुद्धामा जेल समेत बसेका राउतले काठमाडौंको रानीबारीमा रहेको ओशो तपोवनमा ९ दिनसम्म ध्यानमा वसेर दिक्षा लिएका हुन।

यो पनि,
सन्यासी भए सिके राउत, ‘आनन्द मैत्रय’ भएर फर्कँदैछन जनकपुर

सिके राउत

विशेष