News

फुटको अन्तिम तयारी गर्दै बाबुराम र उपेन्द्र, भिन्नाभिन्नै वैठक

फुटको अन्तिम तयारी गर्दै बाबुराम र उपेन्द्र, भिन्नाभिन्नै वैठक

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईका पछिल्ला गतिविधि हेर्ने हो भने उनीहरु फुटको अन्तिम अभ्यास गरिरहेको भान हुन थालेको छ।

अध्यक्ष यादवले असार २९ र ३० गतेका लागि वीरगञ्जमा बस्नेगरी बैठक बोलाएपछि संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले पनि केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् । असार २९ र ३० गते काठमाडौंमा बस्नेगरी बैठक बोलाएको जसपाका कार्यकारिणी समिति सदस्य गंगा श्रेष्ठले जानकारी दिए । 

उपेन्द्र पक्षले बोलाएको बैठकमा बाबुराम पक्ष सहभागी नहुने बताइएको छ । ‘जसपाका अध्यक्ष उपेन्द्र यादवले बोलाउनु भएको बैठकको बारेमा सबैलाई जानकारी गराएको छैन’ श्रेष्ठले भने–‘एकलौटी रुपमा बैठक बोलाएको कारण त्यसमा हाम्रो उपस्थिति पनि हुदैन।’

जसपा विभाजन हुने कि के हुने त्यसको निर्णय विस्तारित बैठकले गर्ने उनले बताए । पार्टीबाट अलग हुने वा त्यही बस्ने एकजनाले मात्र निर्णय गरेर नहुने भन्दै उनले केन्द्रीय समिति तथा पार्टीका अन्य निकायको राय अनुसार निर्णयमा गरिने बताए । 
 

विशेष