News

यस कारण बालेन्द्रले हटाए फुटपाथबाट ब्यापारी

यस कारण बालेन्द्रले हटाए फुटपाथबाट ब्यापारी

नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको ‘नेपाली बृहत् शब्दकोश’ अनुशार फुटपाथको अर्थ ‘राजपथ वा मूल सडकका दुई किनारामा मानिस हिड्न वनाईएको पेटी वा मानिस हिड्ने सडक छेउको गोरेटो’ हो।

तर, नेपाल यस्तो देश हो, जहाँ फुटपाथ त वनाईन्छ, तर मानिस हिड्नका लागि होईन। यहाँ फुटपाथको प्रयोजन वेग्लै छ। अन्य ठाउँको कुरा छोडेर राजधानी काठमाण्डौंको मात्रै कुरा गर्ने हो भने यहाँ कतै सरकारले नै काँडेतार लगाएर फुटपाथ अतिक्रमण गरेको छ भने कतै रेलिङ लगाएर फुटपाथको नाम निसाना नै मेटाईएको छ। चर्चामा आउनका लागि नेताहरुले नै कतिपय ठाउँमा वृक्षारोपण गरेका छन्। झ्याम्म परेका ति पोथ्रा छिचोलेर हिड्न पैदल यात्रीलाई कम्ता सकस छैन।

यति मात्रै होईन, कतै प्रतीक्षालय र फलामे कुर्सी राखिएका छन, कतै घर बनाउनेहरुले निर्माण सामग्री राखेर फुटपाथ कब्जा गरेका छन् । सरकारी कार्यालय, अस्पताल, होटल, बैंक, व्यापारिक कम्प्लेक्स अगाडिका फुटपाथ मोटरसाइकलले भरिएका हुन्छन् । चटपटे, पानीपुरी, मःमः, चाउमिन, सेकुवा, फलफूल बेच्नेदेखि कपडा, पत्रपत्रिका, घडी वेच्ने पनि फुटपाथमै भेटिन्छन्। 

फुटपाथको यो अवस्था हेर्दा काठमाण्डौ साँच्चै उदेक लाग्दो छ। राजधानीको यो नियतिमाथि गत शुक्रवार काठमाण्डौं महानगरपालिकाले धावा वोल्यो। बालुवाटारको सडक किनारमा मकै बेच्दै गर्दा नगर प्रहरीले ब्यापारी दम्पत्तिलाई लछारपछार गरेको फोटो र भिडियोले यतिवेला सामाजिक सञ्जाल तताई रहेको छ। कतिपयले यसलाई महानगरको संवेदनहीन कार्य भनेका छन भने ‘यस्तो कारवाही गर्नु अघि उनीहरुको जिविकाको बैकल्पिक ब्यवस्था गर्नु पर्थ्यो’ भन्दै सुझावहरु पनि आईरहेका छन् । 

तर, अर्को एउटा तप्काले भने मकै वेच्ने ब्यापारी दम्पत्तिलाई देखाएर फुटपाथ कब्जा गर्ने नियोजित षडयन्त्र भईरहेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । उनीहरुले महानगरको पछिल्लो कार्यलाई निरन्तरता दिन र फुटपाथ खाली गर्न आवाज उठाईरहेका छन्। विहान वेलुका छाक टार्नकै लागि संघर्ष गरिरहेका ब्यक्तिको वैकल्पिक ब्यवस्था गरेर गरिबको नाममा धनाढ्य र नवधनाढ्यहरुले ओगटेको फुटपाथ खाली गर्नु पर्ने उनीहरुको भनाई छ।

फुटपाथको अर्थ माथि नै भनिसकियो। फुटपाथमा ब्यापार गर्न पाईने भए त्यसको नाम ‘फुटपाथ’ नभएर अरु नै केही हुन्थ्यो होला। त्यसैले फुटपाथमा ब्यापार गर्नु भनेको पैदल यात्रीको अधिकार हनन् गरी बिभिन्न खालका जोखिम बढाउने दण्डनिय अपराध भएको समाजशास्त्रीहरु वताउँछन्।

ब्यापारका लागि किन रोजाईमा पर्छ फुटपाथ ?
घरभाडा, डेकोरेसन चार्ज, दर्ता प्रक्रिया र सरकारलाई वुझाउनु पर्ने करलगायतका सवै झन्झटबाट मुक्त छन् उनीहरु। थोरै पुँजीले सुरु गरेर उच्च नाफा कमाउन सकिने यस्तो ब्यापारमा घाटा हुने जोखिम नै छैन। यस्तो ब्यापारबाट कतिपयले काठमाण्डौंमा घर÷घडेरी जोडेका छन् । तर, उनीहरुले पैसा आउने बाटो देखिसकेकाले फुटपाथको ब्यापार भने नछोडेको जानकारहरु वताउँछन्।

फुटपाथ पसलका कारण हुने वेफाईदा
फुटपाथमा ब्यापार गर्नेहरु नेपालको संविधान र कानुनभन्दा वाहिर छन्। उनीहरुलाई सरकारले चाहेर पनि नियमन गर्न सक्दैन। नत उनीहरुको स्थायी पसल छ, नत कतै दर्ता गरिएका छन् । उनीहरुसँग खरिद गरेको सामानको विल÷विजक पनि पाईदैन। वासी, सडेगलेका र म्याद गुजे्रका सामान विक्रि गरेपनि उनीहरुलाई समाउने कोही छैन। त्यसैले यस्ता ब्यापारीबाट ग्राहकहरु ठगिने, विरामी हुने र समाजनै जोखिममा पर्ने सम्भावना धेरै छ। 

उनीहरु कतै दर्ता नहुने र बिल/बिजक पनि नकाट्ने हुदा अडिट गर्ने कुरै भएन। कर तिर्ने त झनै परको कुरा ।

अर्कोतर्फ, फुटपाथका ब्यापारीका कारण सडक दुर्घटनाको जोखिम धेरै छ। फुटपाथ कब्जा गरेर ब्यापारी वसेपछि पैदल यात्री सडकबाट यात्रा गर्न वाध्य छन्। काठमाण्डौंको ट्राफिक जामको प्रमुख कारण पनि यिनै फुटपाथे ब्यापारी हुन। उनीहरुकै कारण सवारी साधन हिड्ने सडकमा मानिसको भिड लाग्छ। यसले ट्राफिक जामको समस्या त छ नै दुर्घटनाको दर समेत वढाईरहेको छ।

फुटपाथको ब्यापारमा भिडभाड धेरै देखिन्छ। यो भिडभाडले कोरोना जस्ता सरुवा रोगको जोखिम पनि उत्तिकै छ। यही भिडको मौका छोपेर पकेटमारले पैदल यात्रीलाई हैरान पार्ने गरेका छन्। भिडभाड र अँध्यारो क्षेत्र अपराधिका लागि सहज ठाउँ हुन। यस्तो ठाउँमा अपराधका काम पनि वढ्न सक्ने स्थानीयहरु नै वताउँछन्।

फुटपाथ ब्यापारिका कारण सार्वजनिक सम्पत्तिको क्षती पनि वढेको छ। भिडभाडका कारण सवारी साधन अनियन्त्रित भएर रेलिङ, पुल लगायतका सार्वजनिक संरचनामा ठोक्किने जोखिम छ। सडकमा फोहोर सृजना गर्ने तर विसर्जनको ब्यवस्था गर्नु नपर्ने भएकाले यो क्षती पनि सरकारकै जिम्मेवारीमा परेको छ। यति मात्रै होईन, फुटपाथ र सडकमै खाने कुरा पकाउन तयार हुने यस्ता ब्यापारीका कारण आगलागी तथा सिलिण्डर पड्किएर दुर्घटना हुने जोखिम पनि उत्तिकै छ।

को हुन र कस्ता हुन फुटपाथका ब्यापारी ?
जगजाहेर छ, काठमाण्डौमा धनी मात्र बस्दैनन्, यहाँ सबै वर्गका मानिसहरूको वसोवास छ। त्यसैगरी, काठमाण्डौंको फुटपाथमा सामान बेच्ने गरिव मात्र छैनन्, यहाँ सवै वर्गको ब्यापार छ। निम्न वर्ग, मध्यम वर्ग र कुलिन÷भिआईपी वर्गका मानिसले पनि अहिले फुटपाथलाई कमाई खाने भाँडो वनाएका छन्।

पहिलो– काठमाण्डौंको फुटपाथमा ब्यापार गर्ने कतिपय ब्यापारीको वारेमा उनीहरु स्वयम र नियमित सम्पर्कमा रहने ब्यक्ति वाहेक कसैलाई पनि जानकारी छैन। उनीहरु को हुन, कहाँबाट आएका हुन ? भन्ने विषयमा सरकार नै अनभिज्ञ छ।

यस्ता ब्यापारी प्राय निम्न वर्गका र दैनिक दुःख गरेर विहान वेलुकाको गुजारा गरिरहेका छन् । यस्ता अधिकांश ब्यापारी काठमाण्डौं वाहिरका छन्, जो काठमाण्डौंमा दुःखजिलो गर्छन र चाडपर्व, चुनाव लगायतमा वेला गाउँ फर्कन्छन् । यस्ता ब्यापारीको जवाफदेही काठमाण्डौं महानगरपालिका र मेयर बालेन्द्र साह भन्दा पनि स्वयम् संघीय सरकार हो। 

दोस्रो– फुटपाथमा ब्यापार गर्ने मद्यम बर्गका ब्यापारी पनि छन्। उनीहरु कोठा भाडा, सरकारी कर, दर्ताको झण्झटबाट जोगिन सडकमा पसल थाप्छन्। यी वाहेक कोठा भाडा लिएर वसेका पनि पसलको समान भने त्रिपाल टाँगेर फुटपाथमै राख्छन्। विहान सडकमा पसल थाप्ने अनि साझपख कोठामा थन्क्याएर ढोका वन्द गर्ने यो वर्ग कहिलै नगर प्रहरीको टार्गेटमा पर्दैन। कोठा भाडामा लिएर वसेका कारण सामान वाहिरै राखेपनि उनिहरुलाई प्रहरीले केही गर्दैन। 

तेस्रो– सडक अतिक्रमण र कब्जा गरेर ब्यापार गर्ने कुलिन/भिआइपी वर्गका ब्यापारी पनि छन्। महावौद्ध क्षेत्रमा अधिकांश होलसेल ब्यापारी यही वर्गका छन् । उनीहरु दिनभरी फुटपाथ–सडकमा ब्यापार गर्ने र साँझ परेपछि चिल्ला कारमा चढेर घर फर्किने गरेको स्थानीय जानकारहरु वताउँछन् ।

अव के गर्ने ?
काठमाण्डौं महानगरपालिकाले सुरु गरेको फुटपाथ र सडकको ब्यापार हटाउने अभियानलाई निरन्तरता दिनुपर्ने अधिकांश पैदल यात्रीहरुको माग छ। अन्य विकल्प नभएर सडकलाई गरिखाने थलो बनाउन बाध्य दीनहीन नागरिकको पहिचान गरी त्यस्ता ब्यक्तिका लागि वैकल्पिक ब्यवस्था गर्ने र उनीहरुको आडमा फुटपाठ कब्जा गरेर वसेकाहरुलाई हटाउन पहल गर्नु पर्ने उनीहरु वताउँछन् ।

महानगरको यो काममा संघीय सरकारले पनि सहयोग गर्नु पर्ने उनीहरुको सुझाव छ। 
 

फुटपाथ बालेन्द्र साह

विशेष