विजुलीका पोल चढ्ने मन्त्रीले चर्चाका लागि गैरकानुनी कामलाई पनि समर्थन जनाए
बालुवाटारको सडक किनारामा मकै पोलेर जीविका चलाउँदै आएका सिन्धुपाल्चोकका चन्द्रनाथ आचार्यको ठेला गत शुक्रवार नगरप्रहरीले खोस्यो। दिनदुखीको गरिखाने साधन खास्नु गलत हो, तर गैरकानुनी रुपमा यसरी फुटपाथ कब्जा गर्नु झनै गलत हो।
रोजीरोटीकै लागि सडकको प्रयोग गर्नुपर्छ र गैरकानुनी रुपमा सडक र फुटपाथ कब्जा गरेर वस्ने गैरकानुनी कार्यलाई रोक्नु पर्छ भनेर आवाज उठिरहेका वेला पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत भने सोही गैरकानुनी कामको समर्थनमा उभिएका छन् ।
उनले ठेला खासिएका आचार्य दम्पत्तिलाई ५१ हजार रुपैयाँ उपलब्ध गराएर फुटपाठको ब्यापारलाई प्रोत्साह गर्ने मात्र हैन गैरकानुनी कामको पनि समर्थन गरेका छन् । वस्नेत पनि सिन्धुपाल्चोकबाटै प्रतिनिधित्व गर्ने नेता हुन।
काठमाण्डौं महानगरपालिकाले फुटपाथको अब्यवस्थित ब्यापार/ब्यवसाय हटाउन पहल गरिरहेका वेला पुर्वमन्त्रीले नै यसरी महानगरेको निर्णयलाई असर पुर्याउने गरी गरेको कामको अहिले आलोचना भईरहेको छ। ‘ठेला खोसिएको घट्नापछि सामाजिक सञ्जालमा फुटपाथको ब्यापार/ब्यवसायलाई लिएर तर्क वितर्क भईरहेका छन् । कसैले महानगरले गलत गर्यो भनेका छन भने धेरैले महानगरपालिकालाई धन्यवाद भनेका छन्’ एक सामाजिक सञ्जाल प्रयोगकर्ता भन्छन्–‘यस्तोमा पूर्वमन्त्री नै महानगरको निर्णय विरुद्ध उभिएको देखियो।’
पुर्वमन्त्रीको यो कदमले ‘हामी कस्तो समाज बनाउन खोज्दैछौं ?’ भन्ने प्रश्न उठेको छ। सडक अतिक्रमण गरेर ब्यापार गर्ने ब्यापारीलाई सडकबाट हटाउँदा गैरकानुनी काम गर्ने ब्यक्तिलाई ‘नायक’ बनाउन खोज्नु कानुनी राज्यको उपहास भएको समाजशास्त्रीहरु वताउँछन् ।
पुर्वमन्त्री बस्नेतले चर्चामा आउनका लागि गैरकानुनी कामको समर्थन गरेको उनीहरुको भनाई छ। ‘मकै पोल्दा ५१ हजार दिएपछि रेस्टुरेन्ट खोल्दा ५१ लाख र सुपरमार्केट खोल्दा ५१ करोड पाईएला’ बालुवाटर क्षेत्रकै एक ब्यवसायी भन्छन्–‘अब सबैले ब्यबसाय सडकमै गरौ। फुटपाथमा ब्यापार सञ्चालन गरौ। समस्या परेछ भने मोहन बस्नेतहरुबाट पुरस्कार थापौंला।’
नेता वस्नेत भाईरल हुन जस्तो सुकै कदम चाल्न तयार हुने ब्यक्ति मध्ये भक भएको वताईन्छ। ०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सञ्चारमन्त्री हुँदा उनी चर्चामा आउने टेलिफोनको तार र केबल काट्न आफै आफै विजुलीको खम्वामा चढेका थिए । माइतीघरस्थित खम्बामा टाँगिएका अव्यवस्थित तार काटेर उनले ‘एशियन डेभलभमेन्ट बैंकको सहयोगमा जमिनमुनि तार विछ्याउने’ घोषणा गरेका थिए ।
नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति हुँदै नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत भएका बस्नेत ०५८ सालमा स्वास्थ्य राज्यमन्त्री भएका थिए । बस्नेत खुमबहादुर खड्का निकट नेता मानिन्छन् । खड्काकै कोटामा उनी ०७४ मा मन्त्री बनेका थिए।
उनी ०१५ साल भदौ २७ गते सिन्धुपाल्चोकको बाह्रबिसे–६ मा जन्मिएका बस्नेतले राजनीतिशास्त्र र समाजशास्त्र मा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् ।
यो पनि,
- यस कारण बालेन्द्रले हटाए फुटपाथबाट ब्यापारी
- ‘बालेनको अल्पबुद्धीले राजनीतिमा दले र झोलेहरुकै हालिमुहाली हुने भयो’
- के राष्ट्रपतिले मेयर बालेन्द्रलाई अपमान गरेकी हुन?