News

‘पाकिस्तान र बङ्लादेशका हिन्दुको सुरक्षाका लागि अन्तर्राष्ट्रिय हस्तक्षेप आवश्यक’

‘पाकिस्तान र बङ्लादेशका हिन्दुको सुरक्षाका लागि अन्तर्राष्ट्रिय हस्तक्षेप आवश्यक’

राष्ट्रिय एकता अभियानले पाकिस्तान र बङ्लादेशका अल्पसंख्यक हिन्दूहरूको सुरक्षाको लागि अन्तर्राष्ट्रिय हस्तक्षेपको माग गरेको छ। अभियानका अध्यक्ष विनय यादवले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन। 

बङलादेशको नाराइल सदर उप जिल्ला स्थित मिर्जापुर यूनाइटेड कलेजका प्रिन्सिपललाई हिन्दु भएकै कारण जुत्ताको माला लगाइएको भन्दै अभियानले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘कलेजका एक छात्रले भाजपा नेत्री नूपुर शर्माको फोटो फेसबुकमा पोस्ट गरेपछि केही मुस्लिम छात्रहरूले पोस्ट डिलीट गर्न डर धम्की दिएका थिए’ विज्ञप्तिमा भनिएको छ–‘यसमा प्रिन्सिपलले छात्रको पक्ष लिएको भन्दै १७ जुन २०२२ मा जुत्ताको माला लगाए।’ जिहादी छात्रहरूले दुई शिक्षकहरूको मोटरसाइकलमा आगो पनि लगाएको जनाईएको छ।

ती छात्र र स्थानीय जिहादीले धर्मको अपमान गरेको आरोप लागउँदै प्रधानाध्यापक स्वपन कुमार विश्वासलाई जुत्ताको माला लगाई अपमान गरेको विज्ञप्तिमा उल्लेख छ।

बाङलादेश र पाकिस्तानमा हिन्दुत्व बिरोधि जिहादी घटनाहरू पटक–पटक हुनुले त्यहाँको सरकार हिन्दुहरूको सुरक्षाको बिषयमा अति गैरजिम्मेवार देखिएको विज्ञप्तिमा आरोप लगाईएको छ। ति देशका सरकार जिहादीहरूको गतिविधिमा रोक लगाउन असक्षम देखिएकाले अन्तर्राष्ट्रिय हस्तक्षेपको आवश्यक्ता रहेको अभियानले वताएका छ।

विशेष