News

रामेछापको लुभुघाट बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, १२ जनाको सनाखत

रामेछापको लुभुघाट बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, १२ जनाको सनाखत

रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइका २४ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्युसँगै मृतकको संख्या १३ पुुगेको हो। घटनास्थलमा ९ जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेहरुमा रामेछाप सुनापति गाउँपालिका–५ बस्ने ६० वर्षीय ठूला तामाङ, ३६ वर्षीय खड्कबहादुर विक, वडा नम्बर ४ बस्ने २६ वर्षीया समरिता तामाङ, काभ्रे रोशी गाउँपालिका–४ २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिकाका १८ वर्षीय सुदीप गजमेर, सुनापाति–५ की २२ वर्षीया विपना तामाङ र मण्डनदेउपुर नगरपालिका–९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर छन्।

यस्तै, सुनापाति–५ कै ३६ वर्षीया सञ्जु आलेमगर र पाँचखालका ४० वर्षीय कुलबहादुर विकको पनि मृत्यु भएको छ।उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। 

यसैगरी,, धुलिखेल अस्पतालमा सुनापाति–५ का ३५ वर्षीय रामबहादुर श्रेष्ठ, २५ वर्षीय बुद्ध तामाङ र ६० वर्षीय नेमा तामाङको मृत्यु भएको हो। एक जनाको भने सनाखत हुन बाँकी छ। 

घाइतेमध्ये २० जनाको धुलिखेल अस्पताल र एक जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङका अनुसार बा ३ ख ८३९६ को बस बिहान १० बजेतिर खाँडादेवी गाउँपालिका–१ स्थित लुभुघाटमा दुर्घटना भएको हो । बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको थियो।

प्रहरीले बसका चालक दोलखा घर हुने प्रेमबहादुर घतानीलाई नियन्त्रणमा लिएको छ। उनीसँग सोधपुछ गर्दा बसको ब्रेक फेल भएका कारण दुर्घटनामा परेको हो। प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ। 
 

विशेष