News

आलुको बोरामा कसरी आयो ८३ लाख रुपैयाँ ?

आलुको बोरामा कसरी आयो ८३ लाख रुपैयाँ ?

धनुषाको जनकनन्दिनी गाउँपालिका १ मा आलुको बोरामा हालेको श्रोत नखुलेको ८३ लाखभन्दा बढी नेपाली रुपैयाँसहित प्रहरीले २ लाई नियन्त्रणमा लिएको छ।

आलुको बोराभित्र पैसा राखेर मोटरसाईकलमा भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा रकम वरामद भएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए । 

मंगलबार ज७प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैलाई रकम र मोटरसाइकलसहित आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाईएको सशस्त्र प्रहरी निरीक्षक कटुवालले बताए ।

विशेष