News

अर्थमन्त्री विरुद्ध युवाको नारा– सेता जुगाँ कालो मन, देश डुबाउने मै हो भन !

अर्थमन्त्री विरुद्ध युवाको नारा– सेता जुगाँ कालो मन, देश डुबाउने मै हो भन !

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघले मंगलवार अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै हनुमानस्थानमा विरोध प्रदर्शन गरेको छ ।

जुलुससहित जम्मा भएका युवा संघका कार्यकर्ताहरुले सिंहदरवार नजिक भेला भएर ‘सीसीटीभी फुटेज खाने अर्थपूर्ण मुसा, जनार्दन की धनार्जन ? सेता जुगाँ कालो मन, देश डुबाउने मै हो भन !, गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर रेट परिवर्तन गरेको भन्दै युवाहरुले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न वा राजीनामाको माग गरेका हुन।

विशेष