News

आयोगको प्रश्ताव– मंसिर २ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन

आयोगको प्रश्ताव– मंसिर २ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन

निर्वाचन आयोगले आगामी मंसिर २ गते प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न प्रस्ताव गरेको छ। निर्वाचन आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति सिफारिस गर्ने तयारी गरेको आयोग जनाईएको छ।

आयोगको सिफारिसका आधारमा १२० दिन समय राखेर मन्त्रिपरिषद्ले केही साताभित्र निर्वाचन मिति घोषणा गर्ने जनाईएको छ। एकै चरणमा दुवै तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको छ। 

यसअघि स्थानीय तह निर्वाचनमा सरकारले सुरक्षा दिन नसकेको भन्दै दुई चरणमा गर्नेबारे आयोगमा छलफल भएको थियो। तर, एकै चरणमा मंसिर २ मा चुनाव गर्न उपयुक्त हुने निष्कर्षमा आयोग पुगेको छ।

यसअघि २०७४ मंसिर १० र २१ गते दुई चरणमा गरी दुवै तहको निर्वाचन भएको थियो। प्रदेशसभाको चुनाव पनि सँगै भएको थियो। 
 

निर्वाचन आयोग

विशेष