News

आसेपासे काखी च्याप्ने प्रचण्डलाई पदाधिकारी चयनको जिम्मा! केन्द्रीय सदस्यनै सशंकित

आसेपासे काखी च्याप्ने प्रचण्डलाई पदाधिकारी चयनको जिम्मा! केन्द्रीय सदस्यनै सशंकित

नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीका चयनको जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ। खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकमा दाहालले बुधबारको केन्द्रीय कमिटी बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने जानकारी दिएका थिए।

बुधबारको बैठकले १ सय २५ सदस्यीय पोलिटब्युरो, ४१ सदस्यीय स्थायी कमिटी र पदाधिकारीको चयन गर्ने जनाईएको छ। माओवादी केन्द्रमा कति पदाधिकारी रहने भन्ने विषय अझै टुंगो लागिसकेको छैन।

पुसमा भएको आठौं महाधिवेशनले पदाधिकारीको संख्या र चयन गर्ने जिम्मेवारी केन्द्रीय कमिटीलाई दिएको थियो। तर, फागुनमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन गर्न सकेन। आइतबारदेखि जारी केन्द्रीय कमिटीको बैठकमा समेत पदाधिकारी चयन गर्नुपर्ने आवाज उठेको छ।

मंगलबारको बैठकमा दाहालले जवाफ दिने कार्यक्रम थियो। तर, तयारी नपुगेको भन्दै वैठक बुधबारका लागि सारिएको छ। 

को को छन दावेदार ?
माओवादीको विधानमा १५ जना पदाधिकारी रहने व्यवस्था छ। केन्द्रीय समितिबाट पारित विधानअनुसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ। 

आठौं राष्ट्रिय महाधिवेशनले दाहाललाई अध्यक्ष बनाएपछि अन्य १४ जना पदाधिकारी टुंगो लगाउन बाँकी छ। वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, मात्रिका यादव र कृष्णबहादुर महराको दावी छ। नारायणकाजीले आफ्नो स्वभाविक दाबी वरिष्ठ उपाध्यक्षमा रहेको बताउँदै आएका थिए। मंगलबार खुमलटारमा बसेको कार्यालयको विस्तारित बैठकमा यादव र महराले पनि वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् । 

उपाध्यक्षमा देव गुरुङ, पम्फा भुसाल, उर्मिला अर्याल र लीलामणि पोखरेलले दाबी गरेका छन् भने महासचिवमा वर्षमान पुन र जनार्दन शर्माले दाबी गरेका छन् । पुन र शर्मा आठौं महाधिवेशन अघिबाटै महासचिवको दौडमा थिए। पुन उपचारका लागि वाहिर रहेका वेला शर्माले पार्टीमा आफनो उपस्थिती वलियो वनाएका थिए । तर, पुन उपचारबाट फर्केपछि उनले पनि आफनो सकृयता वढाएका छन् । अर्थमन्त्री समेत रहेका शर्मा करको दरमा हेरफेर गरेको विवादले आचोलित भईरहेका छन् । यसको फाईदा पुनलाई हुन सक्छ।

उपमहासचिवमा शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र हरिबोल गजुरेलले दाबी गरेका छन्। बस्नेतले महासचिवमा शर्मा र पुनमा सहमति नभए आफु पनि महासचिवको दाबेदार भएको वताउँदै आएका थिए । गिरिराजमणिले पनि महासचिवमा इच्छा देखाउँदै आएका थिए।

दाहालमाथि आशंका
वैठकले पदाधिकारी टुङ्गो लगाउने जिम्मा अध्यक्ष दाहाललाई दिएपनि उनले सर्वसम्मत नाम प्रस्ताव गर्नेमा केन्द्रीय सदस्यहरु नै ढुक्क देखिएका छैनन्। पछिल्लो समय अध्यक्ष दाहालमा आफना च्याप्ने वानी देखिएको उनीहरुको भनाई छ।

दाहालले गत फागुनमै छोरी–ज्वाइँलाई केन्द्रीय सदस्य बनाउन खोजेका थिए। तर, छोरी–ज्वाइँलाई केन्द्रीय सदस्य प्रस्ताव गरेको भन्दै महाधिवेशन हलमै प्रचण्डको चर्काे विरोध भयो। महाधिवेशन हलले गंगा र जीवन समेतको नाममा आपत्ति जनाएपछि प्रचण्ड पछि हट्न बाध्य भए।

उनले छोरी–ज्वाइँको नामै उच्चारण गरेर उनीहरुको नाम प्रस्तावित सूचीबाट हटाएको वचनबद्धता प्रकट गरेका थिए। तर, त्यसको ६ महिनापछि डाकिएको केन्द्रीय समितिको बैठकमा कपटपूर्ण तरिकाले उनै छोरी–ज्वाइँलाई केन्द्रीय सदस्य बनाएरै छाडेपछि उनको नियत माथि वैठकमा प्रहार गरिएको थियो।

केन्द्रीय सदस्यको नाम टुंगो लगाउनले क्रममा दाहालले कसैको नाम नसुनाई ‘छुटपुट केन्द्रीय सदस्यको सपथ ग्रहण गराउने’ भन्दै सवैलाई उठाए। सवै पुराना केन्द्रिय सदस्यलाई पनि उठन लगाईयो। ३७३ जना उठेका ठाउँमा को–को उठे र क–कसले सपथ ग्रहण गरे ? कसैले मेसो पाएनन्। तर, जव ३७३ जनाकै नाम सार्वजनिक भयो, त्यसमा गंगा र जिवनको पनि नाम देखेर धेरैले जिव्रो टोके । दुवै जना माओवादीका वैधानिक केन्द्रीय सदस्य भईसकेका छन् ।

यो घटनापछि दाहालले पदाधिकारीमा सर्वस्विकार्य नाम ल्याउनेमा आफुहरु विश्वस्त हुन नसकेको नेताहरुको भनाई छ। 
 

माओवादी केन्द्र पदाधिकारी

विशेष