News

अर्थमन्त्रीले दिए राजिनामा, भने– मँ के कारणले अनैतिक भएँ ?

अर्थमन्त्रीले दिए राजिनामा, भने– मँ के कारणले अनैतिक भएँ ?

वजेटमा अनाधिकृत काम गरेको आरोप लागेपछि अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको उनले घोषणा गरे ।

उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।

शर्मामाथि विदेशबाट अवैध ढंगले आएको रकम खुला गरिदिन अनधिकृत निर्देशन दिएको र उक्त निर्देशन अस्वीकार गर्दा गभर्नर महाप्रसाद अधिकारीमाथि प्रतिशोधपूर्ण कारबाही गरेको समेत आरोप छ ।

उनले वुधवार प्रतिनिधि सभामा आफना कुरा राख्दै आफूप्रति राजनीतिक पूर्वाग्रह साँधिएको बताए। बजेट निर्माणमा स्थापित मान्यता अनुसार तोकिएका व्यक्तिबाट मात्र संलग्न गराएको दाबी शर्माले गरेका छन् । उनले भने– ‘छानबिन समितिले छानबिन गरोस् । स्थापित पद्दति र तोकिएका आधिकारिक व्यक्तिबाट बजेट बनेको छ । यो सच्चाईले कसैले ढाकछोप गर्न सक्दैन।’

उनले मन्त्रालयको सीसीटीभीबारे आफूलाई थाहा नभएको उल्लेख गरे । ‘कुन सीसीटीभीको क्षमता मलाई कसरी थाहा हुन्छ ? डिलिट गरेको भन्ने कुरा म खारेज गर्छु’ उनले भने–‘म कसरी डिलिट गर्छु।’

संसद्मा आएर बोल्न नपाउनेगरी आफूले के कस्तो नैतिकता गुमाएँ भन्दै उनले प्रश्न गरेका छन् । नेकपा एमालेले उनलाई रोष्ट्रममा वोल्न नदिने वताएका विषयमा उनले असन्तुष्टि जनाएका हुन। ‘मैले संसद्मा आएर बोल्न नपाउने नैतिकता के कारणले गुमाएँ ? के कारणले म अनैतिक भएँ ? जे देखियो त्यो पूर्वाग्रहको पराकाष्ठा हो’– उनले भने।

जनार्दन शर्मा

विशेष