News

छानविनअघि नै योहो टेलिभिजनले जनार्दनलाई यसरी वनायो दोशी

छानविनअघि नै योहो टेलिभिजनले जनार्दनलाई यसरी वनायो दोशी

बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराई करका दर हेरफेरमा संलग्न गराएको विषयमा ‘योहो टेलिभिजन'ले एउटा रिपोर्ट प्रस्तुत गर्यो । 

पूर्व गुण्डा नाईके आङ काजी शेर्पा अध्यक्ष रहेको उक्त टेलिभिजनको ‘समय चक्र’ कार्यक्रममा अर्थमन्त्री शर्मालाई पुर्ण रुपमा दोशी ठहर गर्दै मध्यरातामा अर्थमन्त्रालयमा छिरेको भनिएका रघुनाथ घिमिरे समेतलाई ‘थर्ड डिभिजन’ भनेर अपमान गरिएको छ।

मन्त्री शर्मामाथि लागेको आरोपको छानबिन गर्न वुधवार मात्रै ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । उनले राजिनामा पनि दिई सकेका छन् । तर, पुष्टि नै नभएको विषयमा ‘योहो’ले यसरी आफै सवैथोक वुझेझै गरी किन रिपोर्ट वनायो भन्ने विषयमा आम चासो छ।

‘सीसीक्यामेरा फुटेज डिलेटमा जनार्दनको मुसो शैली, सीजी ग्रुपको एसमेन हुँदा यो हाल’ शिर्षकमा युट्युवमा राखिएको भिडियोमा मामुली पुर्वनायव सुब्बा रघुनाथ घिमिरेले वजेट चलाएको जनाईएको छ। ‘उनी नेपालकै नम्वर वान उद्योगी विनोद चौधरीका असली मान्छे हुन। हेर्दा त उनी त्यहाँका सामान्य कर्मचारीको आवरणमा छन् तर सरकारी अड्डा र विभागहरुमा मिलाउने सेटिङदेखि विधि वंग्याउने सुत्रधारको रुपमा जिम्मेवार छन्’ रिपोर्टमा भनिएको छ–‘अर्थमन्त्रीको विशेष सल्लाहकार वा दुत वनेर उनी सिंहदरवार छिरे। देउवाका किचेन क्याविनेट मानिने विनोद चौधरीको इसारामा घिमिरेलाई छिराईयो। सिजी ग्रुपले आफनो कम्पनीलाई लाभ हुने गरी चाउचाउमा प्रयोग हुने पाम तेल र विद्युतीय गाडिमा लाग्ने कर घटाउन सफल भए।’

नायव सुब्बाको सरकारी जागिर १० वर्षबाँकी हुँदा हुँदै राजिनामा दिएर चौधरी ग्रुप कम्पनीमा फुत्त हामफालेका घिमिरेलाई चलखेलकै लागि सिजीमा भित्र्याईएको रिपोर्टमा उल्लेख छ। उनले ०४४ सालमा थर्ड डिभिजनमा एसएलसी पास गरेको पनि उल्लेख छ। 

‘दोश त ति थर्ड डिभिजनमा एसएलसी पास गर्ने रघुनाथको होईन, तिनलाई प्रयोग गरेर, हतियार वनाएर सोझै राज्यको नीति वदल्ने, शक्तिशाली वनाउने ब्यक्तिहरु नै मुख्य दोशी हुन। दोशी भनेको अर्थमन्त्री जनार्दन शर्मा नै हुन। तथ्य र प्रमाणहरुले यसै भन्छ। अर्थमन्त्रीलाई नै जिम्मेवार वनाएको छ’ रिपोर्टमा भनिएको छ–‘मेरो कर्मचारीले जे भन्छ, मेरो मान्छेले जे भन्छ। त्यही गरिदिनु भन्दै एक जना ब्यापारिक घरानाका ब्यक्तिले भनेको कुरा काट्न नसक्ने र जो जस्तो जस्तो भन्छन् उसै उसै सही स्थितीमा मुन्टो हल्लाउने अर्थमन्त्री नै यो घट्नाको मुख्य दोशी हुन। उनले नैतिकताका आधारमा राजिनामा गर्नुपर्नेै कुरा सडकबाट मात्रै होईन, सदमा पनि उठिसकेको छ।’

सुन्नमा आए अनुसार उनको पार्टीभित्रै पनि यो मन्त्री शर्मालाई दवाव छ। ‘तर, उनी अटेरी छन्, लिसो टाँसिए झै वस् कुर्षीमा टाँसिएका छन्’– प्रश्तोता भन्छन्।

तर, रिपोर्टमा भनिए जस्तो नत ति घिमिरे सिजी ग्रुपका कर्मचारी हुन, नत अर्थमन्त्रीले करको दर हरेफेर गर्न उनलाई मन्त्रालयमा वोलाएको पुष्टि नै भएको छ। सिजी ग्रुपको एचआर विभागका एक कर्मचारीका अनुसार घिमिरे त्यहाँका कर्मचारी होईनन। अर्कोतर्फ चाउचाउमा प्रयोग गरिने पाम तेलमा कर हेरफेर गर्दा रिपोर्टमा भनिए जस्तो विनोद चौधरीलाई मात्रै फाईदा पुग्ने अवस्था पनि छैन। किनकी पाम तेल चाउचाउ वनाउने अन्य कम्पनीले पनि प्रयोग गर्छन। चाउचाउमा ठुलो वजार ओगटेको सिजीले आफनो उत्पादनका लागि वैकल्पीक ब्यवस्था पनि गर्न सक्थ्यो होला, तर अन्य साना कम्पनीलाई चै पाम तेलमा भएको करको हरेफेरले फाईदा पुगेको जानकारहरु वताउँछन् ।

‘हजारौ विगाह जमिन भएको जमिन्दारले आफनो खेतीमा सिचाईका लागि जेनेरेटर तथा विजुलीलगायतको वैकल्पिक ब्यवस्था पनि गर्छ’ त्यस क्षेत्रका जानकार भन्छन्–‘तर, कुलो÷पैनीमा पानी धेरै पठाउने ब्यवस्था मिलाउँदा त्यसको फाईदा चै साना किसानलाई हुने हो।’ पाम तेलमा भएको करको हेरफेरले पनि सिजी ग्रुपलाई भन्दा साना ब्यवसायीलाई फाईदा पुगेको उनीहरुको निस्कर्ष छ। अन्य कम्पनीलाई फाईदा पुग्नु भनेको सिजीलाई नोक्सान भएको उनीहरु वताउँछन्।

यता चौधरी ग्रुुपले पनि आफुमाथि लागेको आरोपको खण्डन गरेको छ। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्भाना चौधरीले सामाजिक सञ्जाल ट्वीटर मार्फत आरोपको खण्डन गरेका हुन। उनले लेखेका छन्–‘बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ । बजेट निर्माण प्रकृयामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौँ । यस मामिलामा हाम्रो संलग्नताको बारेमा विना आधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरूप्रति हामी खेद व्यक्त गर्दछौं । साथै, उहाँहरुले लगाउनु भएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौँ । र, यस सम्वन्धमा छानविन गरि सत्यतथ्य बाहिर ल्याउन हामी सम्वन्धित निकायहरुलाई आग्रह गर्दछौँ । यस मामिलामा यदि हाम्रो संलग्नता कहिँ कतै पुष्टि भएमा हामी कारवाही भोग्न तयार छौँ । र, यदि हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरु कारवाही भोग्नकालागि तयार रहनेछन् भन्ने हाम्रो अपेक्षा छ । धन्यवाद ।’

के हो ‘योहो’ को वास्तविक्ता र रिपोर्टको आसय?
छानविन र पुष्टि नै नभएको विषयमा अर्थमन्त्री जनार्दन शर्मालाई दोशी देखाउने र पुर्वनासु रघुनाथ घिमिरेलाई ‘थर्ड क्लास’ भन्दै मानमर्दन गर्ने ‘योहो’ टेलिभिजन एक समय कहलिएका गुण्डा नाईके काजी शेर्पा (आङ काजी शेर्पा) ले सञ्चालन गरेका हुन। उनी अहिले उक्त टेलिभिजनका अध्यक्ष हुन। उनी निकटकाहरुले योहो टेलिभिजनको समय चक्र कार्यक्रमलाई विशुद्ध वार्गेङ्गका लागि चलाईएको कार्यक्रम भनेर वुझ्छन्। विनोद चौधरी र सिजि ग्रुपको नामसँग अर्थमन्त्रीलाई मुछेर अहिले पनि त्यसैको अभ्यास भईरहेको उनीहरुको वुझाई छ। 

शेर्पा ०७३÷०७४ सम्म आफै पनि प्रहरीको सर्वाधिक खोजीको सुचिमा रहेका ब्यक्ति हुन। उनकै टेलिभिजनले अहिले नैतिक्ता पढाउँदै पुष्टि नै नभएको विषयमा अर्थमन्त्री र विनोद चौधरीलाई जोडेर धारे हात लगाउनु बार्गेनिङ्ग वाहेक अर्को कुनै मनसाय नभएको श्रोतको दावी छ।

लेनदेनको विषयमा विभिन्न ब्यक्तिहरुलाई धम्क्याएको र तर्साएको उजुरी परेपछि पटक पटक पक्राउ परेका ब्यक्ति हुन शेर्पा। महानगरीय प्रहरी अपराध महाशाखाका तत्कालिन प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार जग्गा र पैसा लेनदेनको विषयमा विभिन्न ब्यक्तिहरुलाई धाक–धम्की दिएको उजुरीपछि उनी पक्राउ परेका थिए ।

भक्तपुरको विभिन्न स्थानका जग्गा खरिद गरेर पैसा दिनुको साटो उनले उल्टो धम्कि दिने गरेका थिए। शेर्पा विरुद्द एकै पटक ४ वटा उजुरी दर्ता भएको थियो।

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीमा रासनदेखि हतियारसम्मको सप्लाइ गर्ने शेर्पा ठेक्कापट्टाको काम गर्दा मजदुरले साइडमा खाना खान मगाएका रासनको पैसा समेत नतिरेको उजुरी प्रहरीमा रकेर्ड छ। उनले लुटपाटको धन्दाबाट कमाएको पैसाले ठमेलमा ठमेल किचेन नामक डान्सबार चलाएका थिए । ठमेलका तत्कालिन डन दीपक मनाङे भन्ने राजीव गुरुङसँग तालमेल नमिलेपछि रेस्टुरेन्ट कब्जा गर्दै शेर्पालाई ठमेलबाट लखेटिएको थियो ।

ठमेलको आफ्नो व्यापार व्यवसायबाट हात धुनु परेपछि शेर्पाले अर्का डन भीम गुरुङसँग हात मिलाए। भीमको ग्याङमा पुुगेका शेर्पाले मनाङेसँग बदला लिन कुमार घैंटे, समिरमान बस्नेत जम्मा गरेर अर्को अपराधिक ग्याङ खडा गरेर त्यसको नाईके बने । शेर्पाको नेतृत्वमा मनाङे समूह र शेर्पा समूहबीच पटकपटक ग्याङवार भयो । शेर्पाले चलाएको पेस्तोलबाट सामाखुसीमा काभ्रेली समूहका विष्णु लामाको पेटमा गोली लागेको थियो । भीम र घैंटेको आड र अर्का डन चक्रे जेल गएको मौकामा शेर्पाले बालुवा खानीबाट अकुत सम्पत्ति थुपारेको आरोप लाग्यो। 

त्यही पैसाले शेर्पाले ठेक्कापट्टा र सुरक्षा निकायमा रासनदेखि हतियारसम्म सप्लाई गरे। पछिल्लो समय उनी कानुनी दाउपेचबाट जोगिन मिडियामा छिरेको आरोप लाग्ने गरेको छ। आफ्ना कामले निम्त्याउने संकटसँग जोगिन उनले अनेक उपाय लगाउने गरेका छन् ।

शेर्पा अहिले पनि ज्यान जोगाउन बुलेटप्रुफ ज्याकेटको साहारा लिने गरेका वताईन्छ । प्रहरी ईन्काउन्टर र आफ्ना दुश्मनबाट बच्न कुनै पनि समय आफूमाथि हमला हुन सक्ने आशंका गर्दै उनले बुलेटप्रुफ ज्याकेटको प्रयोग गर्ने गरेको उनी निकट बताउँछन् ।

प्रहरीसँग भन्दा पुराना आफ्नै समुहबाट बिच्किएकाहरुबाट खतराको संकेत पाएपछि शेर्पाले बुलेटपू्रफ ज्याकेट लगाउने गरेको उनी निकट एक व्यक्ति बताउँछन्।

यो पनि,

जनार्दन शर्मा योहो टेलिभिजन विनोद चौधरी आङ काजी शेर्पा समय चक्र रघुनाथ घिमिरे सिजी ग्रुप

विशेष