News

प्रहरीको १० किलोमिटर दौडमा ९ जना ढले, २ जना आईसियुमा भर्ना

प्रहरीको १० किलोमिटर दौडमा ९ जना ढले, २ जना आईसियुमा भर्ना

सुदूरपश्चिम प्रहरी मुख्यालय गण धनगढी कैलालीमा दौडने क्रममा लडेर ९ जना प्रशिक्षार्थी प्रहरी घाइते भएका छन् । उनीहरु मध्ये दुई जनाको सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको छ।

नियमित तालिमका क्रममा बुधबार धनगढीस्थित भन्सार हुँदै फाप्ला जोड्ने सडकमा दौड्ने क्रममा लडेर ९ जना प्रशिक्षार्थी प्रहरी जवान घाइते भएका हुन। उनीहरुलाई तत्कालै उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याईएको थियो। सामान्य उपचारपछि छ जना डिस्चार्ज भए पनि अन्य तीन जनाको उपचार जारी छ ।

उनीहरु मध्ये प्रहरी जवान सरोज चौधरी र प्रशान्त रावलको आईसीयूमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । अन्य एक जनालाई जरनल वार्डमा राखेर उपचार भइरहेको छ ।

मुख्यालयले वुधवार १० किलोमिटरको दौड गराएको थियो । सोही क्रममा उनीहरु लडेर बेहोस भएको जनाईएको छ। 
 

सुदूरपश्चिम प्रहरी मुख्यालय सेती प्रादेशिक अस्पताल प्रशिक्षार्थी प्रहरी जवान घाइते

विशेष