६ एसएसपीको सरुवा हुँदा काठमाडौंमा बोहरा, अपराध महाशाखामा पुगे भट्टराई

गृह मन्त्रालयले ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गर्दा प्रहरी प्रवक्ता समेत रहेका एसएसपी विष्णुकुमार केसी अपराध अनुसन्धान विद्यालयमा पुगेका छन् ।
काठमाडौं प्रहरी प्रमुखमा भरतबहादुर बोहरा सरुवा भएका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयमा जनक भट्टराईलाई सरुवा गरिएको छ।
यसैगरी, कुवेर कडायत विपद व्यवस्थापन महाशाखा, अनुराग द्विवेदी मानव बेचविखन ब्यूरो र विकास खनाल लागु औषध ब्यूरोमा सरुवा भएको जनाईएको छ।
१७ एसएसपी डीआईजी बढुवा भएसँगै महत्वपुर्ण कार्यालयमा प्रमुख रिक्त भएका थिए।