News

अर्थमन्त्री विरुद्ध संसदिय छानविनका लागि माओवादीले एमालेसँग छलफल गर्ने

अर्थसचिव मरासिनी अनिस्चितकालिन विदामाः र्शमा रहुन्जेल फर्कन्न

अर्थमन्त्री विरुद्ध संसदिय छानविनका लागि माओवादीले एमालेसँग छलफल गर्ने

अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको प्रकरणमा ओवादीले नेकपा एमालेसँग छलफल गर्ने भएको छ। माओवादी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताएका छन् ।

माओवादीको पूर्वस्थायी कमिटी सदस्यहरूसँगको छलफलमा दाहालले अर्थमन्त्री प्रकरण बढ्दै गएको भन्दै कुरा राखेका थिए । माओवादी केन्द्रीय सदस्य हरिबोल गजुरेलका अनुसार ‘प्रमुख प्रतिपक्षी एमालेसँग कुरा गरेर अगाडि बढ्ने’ दाहालले वताएका छन्। एमाले अर्थमन्त्रीलाई वहिस्कार गर्दै आएकाले संसदिय छानविन समिति गठनका लागि प्रमुख प्रतिपक्ष दलसँग दाहालले छलफल गर्न खोजेका हुन।

संसदीय समिति बनाउन पनि नेकपा माओवादी केन्द्र तयार देखिएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राखेपछि छानविन समिति गठन गर्न माओवादी केन्द्र तयार भएको हो । बैठकमा अर्थमन्त्री शर्माले आफू निर्दोष भएको दाबी गरेका थिए ।

संसदमा बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरिएको भन्दै नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै आएको छ । सो दिनको सीसीटीभी फुटेज पनि मेटाइएको भन्दै अर्थमन्त्रीको आलोचना हुँदै आएको छ ।

अर्थमन्त्रीको विषयमा चौतर्फी आलोचना भइरहँदा पनि सरकार मौन बसेको भन्दै एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा र गठवन्धनका नेताहरुको नियतमा पनि प्रश्न उठाएको छ । एमाले नेता शान्ता चौधरीले ट्वीटरमा लेखेकी छिन्–‘अर्थमन्त्रीले  गठबन्धनको  स्वार्थ–निर्देशनमा राष्ट्रघाती काम गरेका रहेछन, अर्थमन्त्रीका बिरुद्द गठबन्धनका कुनैपनि नेता बोलेको सुनिदैन । यो घटनाले गठबन्धन पुरै  भ्रष्टाचारमा लिप्त छ भन्ने कुरा देखिन्छ!’


अर्थसचिव मरासिनी अनिश्चितकालिन बिदामा
यता, बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री शर्मा विवादमा मुछिएपछि अर्थसचिव मधुकुमार मरासिनी अनिश्चित समयका लागि बिदामा बसेका छन् ।

बुधबार बिहान मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएको बालुवाटार स्रोतले बताएको छ । जनार्दन शर्मा मन्त्री रहुन्जेल आफू मन्त्रालय नफर्किने पनि मरासिनीले प्रधानमन्त्री देउवालाई सुनाएका छन्।
 

जनार्दन शर्मा करको दर हेरफेर

विशेष