News मनोरञ्जन

पूर्वमिस नेपाल सदीक्षाले प्रेमी राहुल मोक्तानसँग कसिन लगन गाँठो

पूर्वमिस नेपाल सदीक्षाले प्रेमी राहुल मोक्तानसँग कसिन लगन गाँठो

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले विवाह गरेकी छिन्। प्रेमी राहुल मोक्तानसँग उनले लगन गाँठो बाँधेकी हुन। सदीक्षा र राहुलले मंगलबार राति काठमाडौंमा नेवारी परम्पराअनुसार विवाह गरेको जनाईएको छ।

काठमाडौंमा जिमखाना सञ्चालन गरिरहेका राहुल र सदीक्षा केही वर्षयतादेखि प्रेमसम्बन्धमा थिए । विवाह समारोहअघि उनीहरुले सिल्भर ओक रेष्टुरेन्टमा रिसेप्सन दिएका थिए । नेवारी चलअनुसार रिसेप्सनपछिको शुभ साइतमा निकट आफन्त र परिवारको उपस्थितिमा बिहे कार्यक्रम भएको थियो ।

पूर्वमिस नेपालहरु र हालको मिस नेपालको ब्याच पनि विवाह समारोहमा उपस्थित थिए । 

रिसेप्सनमा सेलिब्रिटी, मिडिया उद्यमी र व्यवसायीहरुलाई पनि निम्तो दिइएको थियो । 
 

विशेष