News

भारतको सहयोगमा कपिलवस्तुमा निर्मित दुई विद्यालय भवनको उद्घाटन

भारतको सहयोगमा कपिलवस्तुमा निर्मित दुई विद्यालय भवनको उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तुमा दुई वटा विद्यालयको भवन निर्माण गरिएको छ। 

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्माण भएका भवनहरू बिहीबार भारतीय दूतावासका प्रथम सचिव करुण वंशलले उदघाटन गरेका छन् ।

शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको नेरु ५ करोड ९२ लाख लागतमा यी विद्यालय भवन निर्माण भएका हुन। भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘इण्डिया एट ७५ आजादीका अमृत महोत्सव’ कै एक हिस्साको रुपमा यी विद्यालय भवन उद्घाटन गरिएको दुतावासले जनाएको छ।

दुवै विद्यालय कपिलवस्तु जिल्लाकै सबैभन्दा पुराना विद्यालयहरु हुन् । शिवभरी माध्यमिक विद्यालय र जानकी उच्च माध्यमिक विद्यालयमा क्रमशः ७ सय र १ हजार ३ सयभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

भारतले सन् २००३ पछि नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये कपिलवस्तु जिल्लाका ५ गरी लुम्बिनी प्रदेशमा ६० वटा परियोजना रहेको दुतावासले जानकारी दिएको छ।
 

भारतीय दूतावास विद्यालयको भवन

विशेष