News

रघुनाथ घिमिरे एमालेका चन्दादाता, विष्णु पौडेलसँग निकटता ! (श्रृंखला–१)

रघुनाथ घिमिरे एमालेका चन्दादाता, विष्णु पौडेलसँग निकटता ! (श्रृंखला–१)

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका बेलामा मध्यरातमा अर्थमन्त्रालयको बजेट महाशाखामा प्रवेश गरेर करिब ७५० बस्तुको कर परिवर्तन गरेको आरोप लागेका पूर्वनासु रघुनाथ घिमिरे नेकपा एमाले निकट रहेको खुलेको छ।

राष्ट्रिय किताबखानाको अभिलेखअनुसार घिमिरे अर्घाखाँची भूमिस्थान नगरपालिकाका बासिन्दा हुन। उनी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग नजिक रहेको पार्टीका नेताहरुले जानकारी दिए । हाल ललिपुरको भैसेपाटीमा बस्ने पौडेलको स्थायी ठेगाना रुपन्देहिको बुटवल हो।

श्रोतका अनुसार घिमेर वुटवलको शान्तिचौक स्थित यशोदा फुड्स प्रालिका डाईरेक्टर हुन। यही वुटवल सम्वन्धले पौडेल र घिमिरेको सम्वन्ध जोडिएको वताईन्छ। त्यो क्षेत्रमा नेकपा एमालेलाई सवैभन्दा वढि चन्दा दिनेमा पनि यशोदा फुट्स सवैभन्दा अगाडि रहेको श्रोतको दावी छ। सरकारी सेवामा रहँदा श्रीराम टोब्याकोको ‘करेन्ट’ र ‘भोला’ गुड्खाको प्रवद्र्धनमा सहयोग गरेबापत घिमिरेकी भाईबुहारी सरिता सुवेदीलाई शेयर दिएर उनलाई डाईरेक्टर बनाईएको श्रोतले जनाएको छ।

घिमिरे ०५३ जेठ ८ गते नुवाकोट जिल्ला विकास समितिअन्तर्गत गाविस सचिव (राजपत्र अनंकित द्वितीय श्रेणी)का रूपमा सरकारी सेवामा प्रवेश गरेका थिए। त्यही वर्षको चैत १२ गते उनले कर कार्यालय काठमाडौंमा खरिदार पदमा सरुवा मिलाए। त्यसयता उनले अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व, भन्सार, राजस्व अनुसन्धान सबै निकायमा काम गरे। ०७५ फागुन १ गते सेवा अवधि करिब १० वर्ष बाँकी रहँदा उनले राजीनामा दिएका थिए। त्यति बेला उनी भन्सार विभागमा राजपत्र अनंकित प्रथम श्रेणी नायबसुब्बा पदमा थिए। 

तर, केही दिनअघि ‘योहो टेलिभिजन’ ले प्रशारण गरेको एउटा रिपोर्टमा भने घिमिरेलाई विनोद चौधरीका असली मान्छे भन्दै प्रचार गरिएको थियो। टेलिभिजनले ‘समय चक्र’ नामको कार्यक्रममा घिमिरेलाई ‘मामुली पुर्वनायव सुब्बा’ भन्दै ‘उनी नेपालकै नम्वर वान उद्योगी विनोद चौधरीका असली मान्छे हुन’ भन्दै प्रचार गरिएको छ। ‘हेर्दा त उनी त्यहाँका सामान्य कर्मचारीको आवरणमा छन् तर सरकारी अड्डा र विभागहरुमा मिलाउने सेटिङदेखि विधि वङ्ग्याउने सुत्रधारको रुपमा जिम्मेवार छन’ रिपोर्टमा भनिएको छ–‘अर्थमन्त्रीको विशेष सल्लाहकार वा दुत वनेर उनी सिंहदरवार छिरे। देउवाका किचेन क्याविनेट मानिने विनोद चौधरीको इसारामा घिमिरेलाई छिराईयो।’

सिजी ग्रुपले घिमिरे आफनो कर्मचारी नभएको जनाएको छ। तर, टेलिभिजनले भने घिमिरेलाई विनोद चौधरीका असली मान्छे भन्दै त्यसैलाई पुष्टि गर्ने प्रयास गरेको छ।

सिजी ग्रुपको प्रतिस्पर्धी कम्पनीमा डाईरेक्टर र वुहारीको नाममा शेयर रहेका घिमिरे विनोद चौधरी र सिजी ग्रुपलाई फाईदा पुग्ने गरी करका दर हेरफेर गर्न र वजेट चलाउन किन अर्थमन्त्रालयमा दुत वनेर गए होलान भन्ने प्रश्न पनि ‘योहो टेलिभिजनले’ उब्जाई दिएको छ। यतिमात्रै होईन, कार्यक्रममा घिमिरेलाई पटक–पटक ‘ थर्ड डिभिजन’ भन्दै मानमर्दन गरिएको छ।

चौधरी ग्रुपले पनि घिमिरेसँग जोडेर आफुमाथि लागेको आरोपको खण्डन गरेको छ। चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्भाना चौधरीले सामाजिक सञ्जाल ट्वीटर मार्फत आरोपको खण्डन गरेका हुन। 

‘बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ । बजेट निर्माण प्रकृयामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौँ’ उनले लेखेका छन,–‘यस मामिलामा हाम्रो संलग्नताको बारेमा विना आधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरूप्रति हामी खेद व्यक्त गर्दछौं । साथै, उहाँहरुले लगाउनु भएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौँ । र, यस सम्वन्धमा छानविन गरि सत्यतथ्य बाहिर ल्याउन हामी सम्वन्धित निकायहरुलाई आग्रह गर्दछौँ । यस मामिलामा यदि हाम्रो संलग्नता कहिँ कतै पुष्टि भएमा हामी कारवाही भोग्न तयार छौँ । र, यदि हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरु कारवाही भोग्नकालागि तयार रहनेछन् भन्ने हाम्रो अपेक्षा छ । धन्यवाद ।’

यो हो टेलिभिजनले समय चक्र नामको कार्यक्रममा प्रशारण गरेको उक्त  रिपोर्ट पत्रकार आचारसंहिता विपरित समेत रहेको अग्रज पत्रकारहरु नै वताउँछन्। पत्रकार आचारसंहिता अनुसार छानविन र अदालतबाट पुष्टि नभएको विषयमा आरोपितको मानहानी हुने गरी समाचार सामग्री प्रकाशन प्रशारण गर्नु आचारसंहिता विपरित मानिन्छ। तर, योहो टेलिभिजनले निवर्तमान अर्थमन्त्री शर्मालाई दोशी करार गर्दै घिमिरे विचौलियाको रुपमा अर्थमन्त्रालयमा पसेर करको दर हेरफेर गरेको आफै पुष्टि गरिदिएको छ।

घिमिरेलाई ‘मामुली पुर्वनायव सुब्बा’ भन्दै होच्याएको छ। ‘हेर्दा त उनी त्यहाँका सामान्य कर्मचारीको आवरणमा छन् तर सरकारी अड्डा र विभागहरुमा मिलाउने सेटिङदेखि विधि वङ्ग्याउने सुत्रधारको रुपमा जिम्मेवार छन’ भन्दै घिमिरेलाई विचौलिया करार गरिएको छ।
 
पत्रकार आचारसंहिता कार्यान्वयन गराउने प्रेस काउन्सिल नेपाल भने यो विषयमा चुपचाप छ। आचारसंहिताको उल्लंघन गर्दै सार्वजनिक पद धारण गरेका ब्यक्ति समेतको मानहानी गर्दा समेत काउन्सिल नवोलेको भन्दै कतिपयले आलोचना गर्न थालेका छन्।
 

पूर्व नायव सुब्बा रघुनाथ घिमिरे सरकारी सेवामा प्रवेश गरेदेखि यशोदा फुड्स प्रालिको डाईरेक्टर बन्दासम्मको रोचक प्रसंग अर्को श्रृंखलामा लिएर आउने छौ।

यो पनि,

योहो टेलिभिजन जनार्दन शर्मा विनोद चौधरी आङ काजी शेर्पा समय चक्र रघुनाथ घिमिरे सिजी ग्रुप यशोदा फुड्स

विशेष