News

चट्याङ लागेर १४ जना घाईते, ५ जना अस्पताल भर्ना

चट्याङ लागेर १४ जना घाईते, ५ जना अस्पताल भर्ना

चितवनमा वुधवार साँझ ६ वजे चट्याङ लागेर धान रोप्दै गरेका १४ जना रोपाहार घाईते भएका छन् । कालिका नगरपालिका– ८, मझुवामा धान रोप्न गएका उनीहरु चट्याङ लागेर घाइते भएका हुन् ।

कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेका बेला पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लागेका थिए। सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य नौ जना गएराति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको जनाईएको छ।
 

चट्याङ

विशेष