News कला साहित्य

के गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी प्रेममा छन् ?

के गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी प्रेममा छन् ?

आफ्नो सम्बन्धका विषयमा वजारमा अनेक हल्ला चल्दा पनि चुपचाप वसेका गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले अन्ततः मुख खोलेका छन् । उनीहरुले एकै पटक आफनो सम्वन्धको वारेमा सार्वजनिक प्रतिक्रिया दिएका हुन।

बजारमा चलेका कुनै पनि हल्लामा सत्यता नभएको उनीहरुले वताएका छन् । अष्ट्रेलिया जानका लागि केही दिन अघि त्रिभुवन अन्तरार्ष्ट्रि विमानस्थल पुगेका महेश अस्मिताले आफ्नो सम्बन्ध मिल्ने साथी भन्दा माथि नरहेको वताए ।

बजारमा आएको हल्ला जस्तो आफूहरुको सम्बन्ध नभएको उनीहरुको भनाई छ। ‘हामी मिल्ने साथी मात्रै हौँ। प्रेममा छैनौं।’– उनीहरुले भने।

कामको सिलसिलामा आफूहरु धेरै ठाउँमा सँगै देखिएकाले प्रेमको चर्चा भएको हुन सक्ने अस्मिताले वताईन। ‘हामी असल हौ’ उनी भन्छन्।

सांगीतिक यात्राका लागि अष्ट्रलिया जाँदै गर्दा अस्मिताले भन्–ि ‘एज अ फ्रेन्डको जोनमा त बस्न सकिहालिन्छ नी।’ 

महेश काफ्ले अस्मिता अधिकारी

विशेष