News

सुपारी तस्करीले दुई सुरक्षा निकायबीच झण्डै हानाहान, नेपाल प्रहरीमाथि हातापात

सुपारी तस्करीले दुई सुरक्षा निकायबीच झण्डै हानाहान, नेपाल प्रहरीमाथि हातापात

सुपारी तस्करीको विवादमा वुधवार राती झापामा दुई सुरक्षा निकायबीच झण्डै हानाहानको अवस्था आएको छ। विवाद वढ्दै जाँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीका बीचमा धकेलाधकेल भएको थियो।

मेचीनगर नगरपालिकास्थित काँकडभिट्टा नाकामा दुई सुरक्षा निकायबीच घम्साघम्सी भयो। नेपाल प्रहरीले चेकजाँचपछि छाडेका सुपारी सशस्त्र प्रहरीले रोकेपछि बिबाद भएको थियो।

नेपाल प्रहरीले तस्कारसँग मिलेर सुपारी पठाउन खोजेको र सशस्त्रले रोकेपछि सशस्त्र प्रहरीमाथि हातपात भएको स्रोतको दाबी छ। झापाका सिडिओ छबिलाल रिजालले पनि दुई सुरक्षा निकायबीच सामान्य बिबाद भएको बताए।

‘ड्युटीमा रहेका सादा पोशाकका नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच चिनजान नहुँदा सामान्य बिबाद भएको हो’ उनले भने–‘झडप वा कुटपिट भएको होइन।’

सुपारी तस्करी

विशेष