News

ओली भन्छन्– ज्ञानेन्द्रको सम्वोधन रुद्राक्षको बोटमुनि बसेर मैले ड्राफ्ट गरेको थिएँ

ओली भन्छन्– ज्ञानेन्द्रको सम्वोधन रुद्राक्षको बोटमुनि बसेर मैले ड्राफ्ट गरेको थिएँ

०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधनको वक्तव्य आफूले लेखेको एमाले अध्यक्ष केपी शर्मा ओलीले दाबी गरेका छन् ।

दलहरुको तर्फबाट आफुले लेखेको पत्रकै आधारमा तत्कालीन राजा ज्ञानेन्द्रले सम्बोधन गरेको उनको दावी छ। उनले भने– ‘एमालेको पार्टी कार्यालय वल्खुमा रुद्राक्षको बोटमुनि बसेर मैले ड्राफ्ट गरेको थिएँ ।’ त्यही ड्राफ्ट नै ज्ञानेन्द्रले पढेको उनले दाबी गरे ।

आफूले ड्राफ्ट गरेको सम्बोधनको पत्र पढेपछि संसद् पुनःस्थापना भएको उनले सुनाए । त्यसै ड्राफ्टको आधारमा जनताको नासो जनतालाई फर्काइदिएको भनी ज्ञानेन्द्रले घोषणा गरेको उनले बताए ।
 

विशेष