News

पूर्वमन्त्री कृपासुर शेर्पा सवार कार दुर्घटना, घाईतेलाई हेलिकप्टरबाट काठमाण्डौं ल्याईयो

पूर्वमन्त्री कृपासुर शेर्पा सवार कार दुर्घटना, घाईतेलाई हेलिकप्टरबाट काठमाण्डौं ल्याईयो

नेकपा एमालेका नेता कृपासुर शेर्पा सवार कार शुक्रवार सिन्धुलीमा दुर्घटनामा परेको छ । कमलामाई नगरपालिका–१४, चन्दनपुरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।

पूर्वमन्त्रीसमेत रहेका शेर्पा सवार बा २ च ९००३ कार तिव्र गतिका कारण दुर्घटनामा परेको जनाईएको छ। कारमा आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ, केन्द्रीय उपमहासचिव देवराज राई, ५० वर्षीय गणेश थापा लगायत सवार थिए । उनीहरु मध्ये तीनजनाको अवस्था गम्भीर छ ।

पूर्वमन्त्री शेर्पाको चाहिँ बाहिरी चोट देखिएको छैन । चारैजनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याईएको छ। उनीहरुको थप उपचार ट्रमा सेन्टरमा हुने जनाईएको छ। आदिवासी जनजाति महासंघ प्रदेश १ को विस्तारित बैठकमा जाँदै गर्दा कार दुर्घटना भएको हो प्रहरीले जानकारी दिएको छ।

कृपासुर शेर्पा

विशेष