पूर्वप्रधानन्यायाधीशकी छोरी न्यायाधिशबाटै बरखास्त

पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी रेणु साह न्यायाधिशबाटै बरखास्त भएकी छिन् । न्याय परिषद्ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश साहलाई योग्यता नपुगेको भन्दै पदबाट बर्खास्त गरेको हो ।
परिषद्को शुक्रबारको बैठकले निरन्तर वकालत गरेको समयावधी १० वर्ष नपुगेको भन्दै बर्खास्त गर्ने निर्णय गरेको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए। साह ०७५ सालमा उच्च अदालतमा नियुक्त भएकी थिईन।
साहको योग्यतमाथि प्रश्न उठेपछि परिषद्ले छानबिन गरेर अयोग्यता ठहर गरेको हो । उच्च अदालतमा नियुक्त हुन १० वर्ष निरन्तर कानुन व्यवसायमा रहेको हुनुपर्ने प्रावधान भए पनि सीटीईभीटीमा कार्यरत साहलाई न्यायाधीश बनाइएको थियो ।