News स्वास्थ्य

के हो नाइरोबी फ्लाई, कहाँबाट आयो यस्तो घातक कीरा ?

के हो नाइरोबी फ्लाई, कहाँबाट आयो यस्तो घातक कीरा ?

पूर्वी नेपालमा नाइरोबी कीराको प्रकोप वढेको छ। किराको टोकाईका कारण झापामा मात्रै दैनिक ३० देखि ४० जना बिरामी उपचारका लागि अस्पताल भर्ना भईरहेका छन्। हालसम्म ३ सयभन्दा वढि बिरामीले उपचार गराएको जनाईएको छ।

बिहीबार एकै दिन ४२ जना नाइरोबी संक्रमणका बिरामी अस्पताल आएको जनाईएको छ। ‘नाइरोबी फ्लाई इन्फेक्टा प्रजातिमा पर्ने कालो र पहेँलो धर्सा भएको कीरा हो । यो कीरा मनसुनमा धेरै ‘एक्टिभ’ हुन्छ र पानी परेपछि धेरै आउँछ ।

यो किरा लाइट र रातिको समयमा एक्टिभ हुन्छ। कीराको शरीरबाट एक प्रकारको केमिकलजस्तो पदार्थ वाहिर आउने गर्दछ। मानिसको शरीरमा हिँडदा सोही पदार्थ मानिसको शरीरमा परेपछि छाला रातो हुने, फोका उठ्ने र पोल्ने लक्षण देखिन्छ । ८ देखि १२ घण्टाभित्रमा त्यसको लक्षण दखिने चिकित्सकहरु वताउँछन् ।

उनीहरुका अनुसार शरीरमा नाइरोबी कीराले छोयो भने तत्काल साबुनपानीले धुन सकिन्छ । प्राथमिक उपचारपछि अस्पताल जानुपर्छ। छालामा आएको फोका कम गर्न मलम लगाउने र धेरै असर गरेमा एन्टिबायोटिक चलाउनुपर्ने हुन सक्छ। संक्रमण निको हुन दुई हप्तासम्म लाग्न सक्ने उनीहरु वताउँछन् ।

नाइरोबीबाट डराउनु नपर्ने तर सचेत भने हुनुपर्ने चिकित्सक वताउँछन्। रातिको समयमा नाइरोबी एक्टिभ हुने भएकाले सुत्दा झुल लगाउन र लाइट अफ गर्न उनीहरुको सुझाव छ । 

झापालगायत तराईका जिल्लामा नाइरोबीको आतंक बढेपछि सरकारले अध्ययन अनुसन्धान गरिरहेको जनाएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले नाइरोबी फैलिएका जिल्लाहरूबाट केसको विवरण मागिएको जनाएको छ । 

नार्कसँग पनि समन्वयको काम भइरहेको निर्देशक चुमनलाल दासले वताए । नाइरोबी कीरा भारतको सिक्किममा पनि फैलिएको छ । 
 

नाइरोबी कीरा नाइरोबी फ्लाई

विशेष