News

पछि हटे बालेन्द्र, तलबबाट यमवुद्धको शालिक वनाउने घोषणा

पछि हटे बालेन्द्र, तलबबाट यमवुद्धको शालिक वनाउने घोषणा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आफनो निर्णयबाट एक कटम पछि हटेका छन् । आत्महत्या गरेका -यापर यमवुद्ध (अनिल अधिकारी) को शालिक महानगरपालिकाको बजेटबाट बनाउने निर्णय गरेका साह त्यो निर्णयबाट पछि हटेका हुन।

उनले शनिवार फेसवुक मार्फत यमवुद्धको शालिक आफ्नो तलबको रकमबाट बनाउने बताएका छन् । यसअघि काठमाडौं महानगरपालिकाको बजेटबाट यमवुद्धको शालिक बनाउने घोषणा गरेपछि मेयर बालेन्द्र विवादमा परेका थिए ।

महानगरबासीको आवश्यकता भन्दा आफ्नो व्यक्तिगत चाहनाको योजनामा बजेट राखिएको भन्दै बालेन्द्रको विरोध भएको थियो । वडाध्यक्षहरुले पनि आफुहरुलाई जानकारी नगराई आफुखुसी योजना ल्याएको भन्दै असन्तुष्टि जनाएका थिए ।

मेयर बन्नु अघि उनले शालिक र भ्यु टावर जस्ता संरचनाको विरोध गर्ने गरेका थिए । उनले धरहरालाई पनि ‘सेतो टावर’ भन्दै आलोचना गरेका थिए । तर, अचनाक यमवुद्धको शालिक वनाउने निर्णय गरेपछि उनको तिव्र विरोध भएको थियो।

त्यसपछि उनले स्ट्याटस लेख्दै आफ्नो तलबको रकमबाट यमवुद्धको शालिक बनाउने घोषणा गरेका हुन् ।

स्थानीय तहका पदाधिकारीले प्रदेश कानुन अनुसार सेवा सुविधा पाउने व्यवस्था छ । बागमती प्रदेश सरकारले बनाएको कानुनमा महानगरपालिकाका मेयरको मासिक सुविधा ४२ हजार र सञ्चार सुविधामा मासिक ३ हजार रुपैयाँ पाउने ब्यवस्था छ।

यसैबीच, मेयर साहले शनिवारै यमवुद्धका वुवाआमासँग भेट गरेका छन् । भैसेपाटीस्थित निवासमै पुगेर उनले यमबुद्धका बुबा आमासँग भेट गरेका हुन्। -यापर यमबुद्धले ०७३ सालमा लण्डनमा आत्महत्या गरेका थिए। 

यो पनि,
बालेन्द्र विवादमाः धरहरालाई ‘सेतो टावर’ भन्दै -यापर यमबुद्धको शालिक बनाउने निर्णय

बालेन्द्र साह

विशेष