News

सभामुख भन्छन्– चुनावको बेला यति धेरै पैसाको खोलो बग्छ, भनि साध्य छैन

सभामुख भन्छन्– चुनावको बेला यति धेरै पैसाको खोलो बग्छ, भनि साध्य छैन

सभामुख अग्निप्रसाद सापकोटाले असल, इमानदार कार्यकर्ताले चुनाव लड्नै नसक्ने अवस्था आएको वताएका छने। शनिबार भक्तपुरको सानोठिमीमा आयोजित संघीय नमूना युवा संसद अभ्यास कार्यक्रममा बोल्दै उनले निर्वाचनमा पैसाको खोला बग्ने गरेको बताए ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको भन्दै उनले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुनेगरी अभियान सञ्चालन गर्नुपर्ने धारणा राखे।

‘चुनावमा देखिने विकृति, विसंगतिहरू अब सबभन्दा डर लाग्दो कुरा त तपाईंहरूले पनि थाहा पाइराख्नु भएको छ। यति धेरै पैसाको खोलो बग्छ चुनावको बेलामा। त्यो भनि साध्य छैन। असल, इमानदार कार्यकर्ताले लड्न गाह्रो हुने अवस्था छ’ उनले भने–‘तर अहिले के संकेत देखिन थालेको छ भने राम्रोसँग हामीले अभियान छेड्न सक्यौं भने वास्तवमा फेरि धेरै पैसा खर्च नगरिकन जित्ने पनि छन्।’

सभामुख सापकोटाले धेरै पैसा खर्च नगरीकन पनि निर्वाचन जितिन्छ भन्ने दृष्टान्त काठमाडौं, धरानलगायतका ठाउँमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा देखिएको पनि स्मरण गरे । हालै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले विद्यमान परिस्थितिप्रति जनता सन्तुष्ट छैनन् भन्ने देखाएको पनि सभामुख सापकोटाको भनाइ छ ।
 

विशेष