News

बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख नेगीमाथि यौन दुर्ब्यवहारको आरोप

बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख नेगीमाथि यौन दुर्ब्यवहारको आरोप

बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीमाथि यौन दुर्ब्यवहारको आरोप लागेको छ। क्याम्पस प्रमुख नेगीले पानी माग्ने वहाना वनाएर ज्यालादारी गरेर जिविकोपार्जन गर्ने चौधरी समुदायकी एक महिलालाई यौन दुर्ब्यवहार गरेको आरोप छ।

नेगीले ति महिलामाथि बलात्कार गर्ने प्रयास गरेको तर असफल भएको स्थानीयले जानकारी दिए । पीडित महिलाका पतिले आफ्नी श्रीमतीलाई दुर्ब्यवहार गरेको आफैले देखेको दावी गरेका छन् भने ‘५० हजार लिएर केस रफादफा गर्न’ भन्दै धम्की समेत आएको वताएका छन् ।

पीडित महिलाले समेत रातीको समयमा नेगीले पानी मागेको र दिन जादाँ मुख थुनेर बलात्कार गर्न खोजेको वताईन। घट्ना सार्वजनिक भएपछि क्याम्पस प्रमुख नेगीले पीडित महिलाका पतिलाई धम्क्याउने तथा ५० हजार लिएर घट्नालाई अघि नवढाउन दवाव दिने गरेको खुलेको छ। नेगीको पक्षमा लागेर प्रहरी समेतले धम्क्याएको पीडित परिवारका सदस्यले गुनासो गरे।

उक्त विषयलाई लिएर क्यापसका विद्यार्थी संगठनहरु पनि दुई पक्षमा विभाजित भएका छन् । एक पक्षले क्याम्पस प्रमुख जस्तो गरिमामय पदमा रही लज्जास्पद ब्यवहार गरेको भन्दै नेगीलाई तत्काल राजिनामा दिन र पीडित महिलासँग सार्वजनिक रुपमा माथी माग्न निर्देशन दिएको छ भने अर्को पक्ष नेगीको वचाउमा लागेको छ।

अनेरास्ववियू, नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त विज्ञप्ति जारी गरेर नेगीलाई राजिनामा दिन निर्देशन दिएका छन् । अटेर गरे कारवाही गर्ने उनीहरुको चेतावनी छ । तर अनेरास्ववियु क्रान्तिकारी र अखिल क्रान्तिकारी नेगीको वचाउमा लागेका छन् ।

यस विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपी)लाई ९८५८७०५५५५ मा सम्पर्क गर्दा त्यो विषयमा आफुलाई जानकारी नै नभएको दावी गरे। उनले आफनो नाम समेत वताउँन चाहेनन्। नाम सोधेपछि उनले फोन काटे।
 

राजेन्द्र नेगी यौन दुर्ब्यवहार पुर्चौडी बहुमुखी क्याम्पस

विशेष