News

वजेटमा करको दर हेरफेर प्रकरणमा यसरी जोडिए प्रधानमन्त्री देउवा

वजेटमा करको दर हेरफेर प्रकरणमा यसरी जोडिए प्रधानमन्त्री देउवा

मध्येराती विचौलिया प्रयोग गरेर बजेट छेडछाड गरेको आरोप लागेपछि अर्थमन्त्रीले पदै गुमाउनु परेको प्रकरणमा प्रधानमन्त्री कार्यालयको पनि संलग्नता पुष्टि हुन थालेको छ।

वजेटमा करको दर हेरफेर गर्ने काममा प्रधानमन्त्री शेरवहादुर देउवाका पुत्र जयविरसिंह देउवा र राज्यमन्त्री उमेश श्रेष्ठको पनि संलग्नता भएको आधारहर फेला पर्न थालेका छन् ।

वजेटमा चलखेल गरेको आरोप लागेपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजिनामा दिएपछि देउवा र श्रेष्ठको संलग्नता चर्चामा आएको हो। शर्माले आफु निर्दोश रहेको दावी गर्दै राजिनामा नदिने वताएका थिए । तर, प्रतिपक्षी दल एमालेको वहिस्कार अभियान र चौतर्फी दवावका कारण उनी राजिनामा दिन बाध्य भए।

वजेट र करको दर हेरफेर गरिएको विषयमा लामै समय विवाद रह्यो। जसमा नेपाली कांग्रेसका नेता तथा ब्यवसायी विनोद चौधरी र पूर्व नासु रघुनाथ घिमिरेको नाम प्रत्यक्ष जोडियो। विनोद चौधरीको सिजी ग्रुपले वजेट र करको दर हेरेफेरमा आफनो संलग्नता नभएको जनाएको छ भने घिमिरेले अहिलेसम्म मुख खोलेका छैनन् ।

तर, यति भयंकर र अहिलेसम्मकै सवैभन्दा ठुलो आर्थिक अपराध भनिएको यो प्रकरणमा प्रधानमन्त्री देउवा एक शब्द पनि बोलेनन्। नत उनले अर्थमन्त्रीसँग नै यस विषयमा सोधपुछ गरेको सुन्न पाईयो। उनको यो मौनतालाई अधिकांशले ‘गठवन्धनको बाध्यता’ का रुपमा वुझे। अर्थमन्त्रीलाई कारवाही गर्दा प्रधानमन्त्री पद धरापमा पर्ने भएकाले देउवा नवोलेको अधिकांशको विश्लेषण थियो। उनी स्वयम यो प्रकरणमा यसरी जोडिएका छन भन्ने कसैले शंका समेत गरेन।

तर, सेनिटरी प्याडको भन्सार छुटमा प्रधानमन्त्रीपुत्र जयवीर र राज्यमन्त्री उमेश श्रेष्ठको संलग्नता पुष्टि हुँदै गएपछि सवैले जिव्रो टोक्न थालेका छन् । सेनिटरी प्याडको भन्सार छुटबाट लाभान्वित हुनेमा प्रधानमन्त्रीपुत्र जयवीरसिंह देउवाको कम्पनी पनि परेको छ । यो कम्पनीमा ३० प्रतिशत शेयर रहेका हेमन्त बजगाईं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने राज्यमन्त्री उमेश श्रेष्ठको सहयोगी रहेको तथ्यहरु फेला पर्न थालेका छन्।

नयाँ बजेटले सेनिटरी प्याड स्वदेशमै उत्पादन बढाउनेभन्दा पनि आयातमा जोड दिने नीति लियो । त्यसका लागि तयारी प्याड आयातमा ९० प्रतिशत भन्सार छुट दिइएको छ भने कच्चा पदार्थ आयातमा ३० प्रतिशत मात्र छुट दिइएको छ । यो निर्णयले विदेशी उत्पादन सस्तो र स्वदेशी उत्पादन महंगो भएको छ।

यसको प्रत्यक्ष लाभ प्रधानमन्त्री शेरबहादुर देउवापुत्र जयवीरसिंह र राज्यमन्त्री उमेश श्रेष्ठलाई पुग्ने प्रष्ट छ । किनभने तयारी सेनेटरी प्याड आयातमा जयवीरसिंहको ७० प्रतिशत शेयर रहेको ब्लुप्रिन्ट ट्रेडिङ प्रालिलाई बढी फाइदा पुग्ने जानकारहरु वताउँछन् । यो कम्पनीमा चितवनका हेमन्त बजगाईंको ३० प्रतिशत शेयर रहेको कागजात पनि सार्वजनिक भईसकेको छ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७६ पुस २१ गते प्रमाणित सेयर लगत अनुसार कम्पनीको अध्यक्ष जयविरसिंह हुन । १ करोड पूँजी रहेको कम्पनीमा जयवीरको ७० प्रतिशत अर्थात ७० लाख रुपैयाँ रहेको छ भने ३० प्रतिशत अर्थात ३० लाख रुपैयाँ हेमन्त बजगाईंको छ । वजगाई मन्त्री श्रेष्ठकै कारिन्दा रहेको र ३० प्रतिशत शेयर वजगाईको नभएर श्रेष्ठकै रहेको श्रोतको दावी छ।

चितवन कांग्रेसका एक नेताले दिएको जानकारी अनुसार राज्यमन्त्री श्रेष्ठका विभिन्न कारोबारमा वजगाई सहयोगी भूमिकामा छन्। हेमन्त अहिले चितवन कांग्रेसका क्रियाशील सदस्य पनि हुन। राज्यमन्त्री श्रेष्ठका धेरै जसो व्यापार, व्यवसायमा मात्र होइन, राज्यशक्तिको दोहनमा समेत वजगाई परिचालित हुने गरेको चितवन कांग्रेसका ति नेताले दावी गरे।

वजगाईले कम्पनीमा आफ्नो शेयर रहेको स्विकारेका छन्। कम्पनी दर्ताको समयदेखि नै देउवासँग साझेदारी गरेको उनले वताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्टार कार्यालयको अभिलेख अनुसार कम्पनी आर्थिक वर्ष २०७४–०७५ मा दर्ता भएको हो।

प्रधानमन्त्रीपुत्र र राज्यमन्त्री श्रेष्ठलाई लाभ दिलाउनकै लागि अर्थमन्त्री जनार्दन शर्माले बजेटमा स्वदेशी उद्योग र उत्पादनलाई जोड दिनुको साटो प्याडको हकमा आयातलाई प्रश्रय दिने नीति लिएको जानकारहरुको दावी छ। 
 

उमेश श्रेष्ठ जयविरसिंह देउवा सेनिटरी प्याड ब्लुप्रिन्ट ट्रेडिङ प्रालि

विशेष