News

अन्तर्घातको छानबिन गर्न माओवादीले वनायो समिति, टार्गेटमा मधेश

अन्तर्घातको छानबिन गर्न माओवादीले वनायो समिति, टार्गेटमा मधेश

स्थानीय तह निर्वाचनमा अन्तर्घात भएको विषयमा छानबिन गर्न नेकपा माओवादी केन्द्रले तीन सदस्यीय समिति गठन गरेको छ। 

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बसेको स्थायी सिमिति बैठकले गत वैशाख ३० गते भएको निर्वाचनमा अन्तर्घातको भन्दै छानबिन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेका समिति गठन गरेको हो।

खास गरी मधेशमा अन्तर्घात भएको पार्टी केन्द्रमा रिपोर्टिङ भएको छ। मधेशका नेताहरूले अन्तर्घातका कारण पराजित हुनुपरेको रिपोर्टिङ भएपछि छानविन गर्नु परेको जनाईएको छ। 

विद्यार्थी तहमा केही असहजता पैदा भएकोले त्यसको समाधानका लागि पनि समिति गठन भएको छ। पूर्व विद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल तीन जनाको सुझाव समिति गठन भएको हो।

नेकपा माओवादी केन्द्र

विशेष