News विदेश

प्रदर्शनकारीले घेरेपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया घर छोडेर भागे

प्रदर्शनकारीले घेरेपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया घर छोडेर भागे

ठुलो संख्यामा प्रदर्शनकारीले घर घेरेपछि शनिवार श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे घर छोडेर भागेका छन् । कफ्यु हटाएका वेला प्रदर्शनकारीले घर घेरेपछि उनी त्यहाँबाट भागेको जनाईएको छ। 

हिन्दुतान डटकमका अनुसार घट्नालाई नियन्त्रण गर्न पुलिसले अश्रुग्याँस प्रहार गरेको थियो। कानुन ब्यवसायी, मानवाधिकारवादी र राजनीतिक दलको दवावका कारण पुलिसले शनिवारको सरकार विरोधी प्रदर्शअघि कर्फ्यू हटाएको थियो। सरकार विरोधी प्रदर्शन रोक्न कोलंबो सहित देशका पश्चिमी प्रांतका सात ठाउँमा कर्फ्यू लगाईएको थियो।

पुलिसका अनुसार पश्चिमी प्रान्तमा सात पुलिस इलाकामा कर्फ्यू लगाईएको थियो। नेगोंबो, केलानिया, नुगेगोडा, माउंट लाविनिया, उत्तरी कोलंबो, दक्षिण कोलंबो र कोलंबो सेंट्रलमा लगाईएको क्रफ्यु शुक्रवार राती नौ बजेपछि हटाईएको थियो।

विदेशी मुद्राको सञ्चिती ज्यादै न्युन भएपछि श्रीलंकाले पछिल्लो समय आर्थिक संकट भोगिरहेको छ । उसले न्यून मात्रामा मात्र पेट्रोलियम पदार्थ, खाद्यान्न र औषधि खरिद गर्न पाएको छ ।

मुलुकको यो स्थिति आउनुमा राष्ट्रपति गोटावाया राजापाक्षे दोषी रहेको भन्दै प्रदर्शनकारीले पाँच महिनादेखि राजीनामा माग गरिरहेका छन् । श्रृंखलावद्ध प्रदर्शन भइरहेको छ र यस क्रममा शनिबार भएको प्रदर्शन ठूलोमध्येको एक हो ।

श्रीलंकाको राष्ट्रिय झण्डा र हेलमेट लगाएका प्रदर्शनकारीले राष्ट्रपति कार्यालय तोडफोड गरेको भिडियो फुटेजहरु सञ्चार माध्यमहरुले देखाएका छन् ।

श्रीलंका गोटाबाया राजपक्षे

विशेष