News विदेश

अमरनाथ मन्दिर नजिकै वाढिका कारण १६ जना तीर्थयात्रीको मृत्यु, ४० जना बेपत्ता

अमरनाथ मन्दिर नजिकै वाढिका कारण १६ जना तीर्थयात्रीको मृत्यु, ४० जना बेपत्ता

भारतको जम्मू–कश्मीर स्थित अमरनाथको मन्दिर नजिकै शुक्रबार अपराह्न बादल फाटिँदा १६ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ४० जना बेपत्ता भएका छन्। मृत्यु हुनेमा ७ महिलार ६ पुरुष छन्। ३ जनाको पहिचान भएको छैन। मृतकको संख्या अझै वढ्न सक्ने जनाईएको छ।

भारतको राष्ट्रिय विपद् व्यवस्थापन बलले दुर्घटनामा परेर बेपत्ता भएकाहरुको खोजी तथा उद्धारको कार्य तीव्र गतिमा सञ्चालन गरिएको जनाएको छ। एकसय जनाभन्दा बढी उद्धारकर्तासहितको चारवटा टोली घटनास्थलमा परिचालन गरिएको र हराएकाको खोजी जारी रहेको जानकारी दिँदै उक्त बलले वर्षा जारी रहे पनि उद्दारमा कुनै कठिनाइ नभएको बताएको छ। 

भारतीय वायु सेना, बीएसएफ, एसडीआरएफ, सीआरपीएफ र अन्य निकायले उद्धारका काम जारी राखेका छन्। चण्डीगढ र श्रीनगरमा वायु सेनाका हेलिकप्टर उद्धार उडान गर्न तत्परस्थितिमा रहेका छन्। अमरनाथ गुफा नजिकको स्थान जलमग्न भएकाले यात्रीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। पानीको निकास तथा पहिरो प्रभावित सडक खोल्न सुरक्षा अधिकारी पनि परिचालन भएका छन्।

अचानक आएको वाढीले २५ टेंट र ३ सामुदायिक किचन क्षती भएको छ। भारतीय सेनाले वेपत्ताको खोजी गर्न कुकुरको पनि प्रयोग गरेको छ। 

विशेष