News विदेश

आबेको हत्यामा नयाँ खुलासाः धार्मिक नेताको हत्या गर्ने थियो योजना, यसरी मारिए आबे

आबेको हत्यामा नयाँ खुलासाः धार्मिक नेताको हत्या गर्ने थियो योजना, यसरी मारिए आबे

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या प्रकरणमा ठुलो खुलासा भएको छ। क्योडो न्यूजका अनुसार आक्रमणकारी अरु कसैको हत्या गर्ने योजनामा थिए । तर, अन्तिम समयमा आबेको हत्या भयो।

आक्रमणकारी तेत्सुया यामागामीले प्रहरीलाई अनुसार सुरुमा जापानका पूर्व पीएम आबेको हत्या गर्ने योजना थिएन। रिपोर्ट अनुसार प्रहरीको सोधपुछका क्रममा उनले एक धार्मिक संगठनका नेताको हत्या गर्ने योजना वनाएका थिए ।

ति धार्मिक नेताले आफनी आमालाई धोका दिएको र पूर्व प्रधानमन्त्री आबेले ति नेता र उनको संगठनलाई संरक्षण गरेकाले हत्या गरेको यामागामीले दावी गरेका छन् । प्रहरीका अनुसार उनी पुर्वप्रधानमन्त्री आबेका अन्य कार्यक्रममा पनि पुगेका थिए । आवेको हत्यामा कुनै पनि राजनीतिक मतभेदका कारण नभएको उनले जिकिर गरेका छन्।

शिन्जो आबेका पार्थिव शरीर शनिवार राजधानी टोकियो लगिएको छ। आबेमाथि नारा शहरमा गोली प्रहार गरिएको थियो। गोली लागेर ढलेका आवेलाई हेलिकप्टर मार्फत स्थानीय अस्पतालमा भर्ना गरिएको थियो। अधिक रक्तश्रावका कारण उनको मृत्यु भएको थियो।

प्रहरीले गोली हान्ने ४१ वर्षका यामागामीलाई घटनास्थलबाटै गिरफ्तार गरेको छ । उनी जापानको नौसेनाका पूर्व सदस्य हुन। उनले तीन वर्र्ष  (२००५सम्म) सेल्फ डिफेन्स फोर्समा काम गरेका थिए। प्रहरीले हत्यामा प्रयोग गरिएको होममेड वन्दुक पनि वरामद गरेको छ।

आईतवार हुने संसदीय चुनावअघि भएको आबेको हत्याले देश शोकमा डुवेको छ। 

यो पनि,

गोली लागेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबे

विशेष