झापापछि वझाङमा पनि फेला पर्यो एकै रुखमा झुण्डिएको तीन जनाको शव
![झापापछि वझाङमा पनि फेला पर्यो एकै रुखमा झुण्डिएको तीन जनाको शव](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/08/death.jpg)
झापाको कचनकवल गाउँपालिका ५ मा तीन किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेको घट्ना सेलाउँन नपाउँदै बझाङमा पनि एकै परिवारका तीनजना सदस्य रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
बुङ्गल नगरपालिका–९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती २२ वर्षीया गीता पार्की, पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार उनीहरु घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन। घाँस काट्न गएकी स्थानीय महिलाले झुण्डिएको अवस्थामा देखेपछि घटना सार्वजनिक भएको हो।
प्रहरीले गए राति मात्रै भारतबाट घर फर्किकाउ पुष्करलाई नियन्त्रणमा लिएको छ । मृत भेटिएकी महिलाका श्रीमान पुष्करले आफू निन्द्रामा भएका कारण घटनाबारे केही जानकारी नपाएको वताएका छन् । उनी मंगलबारमात्रै भारतको पिथौरागढबाट घर फर्किएका हुन।
यसअघि गत साउन ८ गते झापाको कचनकवल गाउँपालिका ५ मा स्थित जिङ खोला किनारको ढल्केको रूखमा स्थानीय पञ्चम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
उनीहरु तिनै जना चिया बगानका मजदुर हुन। प्रहरीको प्रारम्भिक अनुशन्धानले उनीहरुले सामुहिक आत्महत्या गरेको हुन सक्ने देखिएको छ भने स्थानीयले भने हत्या भएको आशंका गरिरहेका छन् । मृतक किशोरीहरुले घटनास्थलबाट भिडियो कल गरेर मर्नुअघि ‘यही रुखमा झुण्डिएर मर्न लागेको’ भनेका आधारमा पनि प्रहरी अनुशन्धान ‘आत्महत्या नै हो’ भन्ने निस्कर्ष तिर गईरहेको छ। तर, त्यसलाई पुष्टि गर्न सकिरहेको छैन। प्रहरीले ती किशोरीको सम्पर्कमा देखिएका व्यक्तिलाई बोलाएर सोधपुछ गर्दा आत्माहत्या होइन भन्ने प्रमाण नमिलेको बताईरहेको छ।
स्थानीयवासीले भने आत्माहत्या गरेको कुरा स्विकारेका छैनन्। आत्महत्या नै हो भने कारण के हो भन्ने खुलाउन प्रहरीलाई हम्मे हम्मे परेको छ।