News

भीम रावलको आरोप– प्रचण्डले राष्ट्रपतिलाई धम्क्याए

भीम रावलको आरोप– प्रचण्डले राष्ट्रपतिलाई धम्क्याए

नेकपा एमालेका नेता भीम रावलले नागरिकता विधेयक प्रमाणिकरण गर्न ढिलो गरेको भन्दै नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई धम्क्याएको आरोप लगाएका छन् ।

जापान भ्रमणका क्रममा विमानस्थलमै दाहालले झुठो बोलेकोमा पनि उनले आपत्ति जनाएका छन् । नेपाल आउँदै नआएका जापानी पूर्व प्रधानमन्त्री जापानका सिन्जो आबे सँग नेपालमै पटक–पटक भेटबार्ता गरेको भन्नु अमर्यादित र आपत्तिजनक रहेको उनको भनाई छ। 

दाहालका विषयमा वुधवार साँझ ट्वीटर मार्फत प्रतिक्रिया जनाएका रावलले ‘एक पूर्व मन्त्रीसँग भेटवार्ता गरेर दुइ देशको सम्बन्ध उचाईमा पुग्ने’ भन्नु पनि फगत गफ हो भन्दै आलोचना गरेका छन् । 

उनले लेखेका छन्–‘जापानबाट प्रचण्डले नागरिकता विधेयक फिर्ता गरे राम्रो हुन्न भनी राष्ट्रपतिलाई धम्क्याउनु, नेपाल नआएका जापानी पूर्व प्रमं आवेसंग नेपालमा पटक–पटक कुरा गरेको भन्नु अमर्यादित र आपत्तिजनक छ। एक पूर्व मन्त्रीसँग भेटवार्ता गरेर दुइ देशको सम्बन्ध उचाईमा पुग्ने भन्नु फगत गफ हो ।’

दाहालले वुधवार जापान भ्रमणबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन ढिलाइ भएकामा असन्तुष्टि जनाएका थियो। ‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने लाग्छ, तर ढिलो नहुनुपथ्र्यो’ उनले भनेका थिए।

नागरिकता संशोधन विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएका छन् । तर राष्ट्रपतिबाट हालसम्म प्रमाणीकरण भएको छैन ।

यसैगरी, ५ दिने जापान भ्रमणका क्रममा शनिबार बिहान टोकियो पुगेका दाहालले नरिता अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जापानका पूर्वप्रधानमन्त्री आबेसँग दुई तिन पटक भेटघाट भएको झुठो दावी गरेका थिए।

दाहालले भनेका थिए– ‘उहाँ पूर्वप्रधानमन्त्रीका रूपमा नेपाल भ्रमण गर्दा मसँग २÷३ पटक कुराकानी भएको थियो । र, असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो।’

यस लगत्तै नेपालस्थित जापानी दूतावासले आबेले प्रधानमन्त्री वा पूर्वप्रधानमन्त्रीका रुपमा पनि नेपाल भ्रमण नगरेको बताएपछि उनले फोनमा सम्बाद हुने गरेको भन्दै कुरा सच्याएका थिए । 

यो पनि,
प्रचण्डले जापान पुगेर पनि झुठो बोल्न भ्याए, यस्तो सम्म भने

भीम रावल

विशेष