News

सर्वोच्चको अल्पकालिन आदेशले बालेन्द्रको अल्टिमेटम ढुस !

सर्वोच्चको अल्पकालिन आदेशले बालेन्द्रको अल्टिमेटम ढुस !

२४ घण्टा भित्र संरचना भत्काउन मेयर बालेन्द्र साहले नर्भिक अस्पताललाई दिएको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालिन आदेश जारी गरेको छ।

नियमविपरीत बनाएका संरचना हटाउन काठमाण्डौ महानगरपालिकाले दिएको २४ घण्टे अल्टिमेटम तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालिन आदेश दिएको हो। अस्पतालले मंगलबार दिएको रिटमा पहिलो सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले अल्टिमेटम तत्काल कार्यान्वयन नगर्न आदेश दिएको जनाईएको छ।

अदालत प्रशासनका अनुसार यो विषयमा छलफल गर्न इजलासले दुवैपक्षलाई सोमबार बोलाएको छ। दुवैपक्षको बहस सुनेपछि यो आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने अर्को आदेश हुने सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए।  

काठमाडौं महानगरपालिकाको नाममा दर्ता रहेको एक रोपनी आठ आना एक पैसा क्षेत्रफल रहेको जग्गा हस्पिटलले लिजमा लिएको थियो। लिजमा लिएको जग्गामा नियमविपरीतका संरचना बनाएको हुँदा उक्त संरचना भत्काउन महानगरले २४ घण्टे अल्टिमेटम दिइएको थियो।

त्यसपछि अस्पतालले पत्रकार सम्मेलन गरेर संरचना हटाउन नसक्ने भन्दै कानुनी प्रकृयामा जान चुनौती दियो। त्यसको केही समय पछि नै मेयर साह दलवल सहित अस्पताल पुगेका थिए । उनले त्यहा संरचना भत्काउन आवश्यक समय उपलब्ध गराउने र त्यसका लागि एउटा समिति वनाउने सहमति गरेको जनाईएको छ।

साहका अनुसार नर्भिक अस्पतालले जग्गाको पश्चिमतर्फ नेपाल सरकारसँग भएको सम्झौताविपरीत क्यान्टिनलगायतका संरचनान  बनाएको छ। जसको नक्सा पास स्वीकृत गरिएको छैन।

यो पनि,

बालेन्द्र साह नर्भिक अस्पताल

विशेष