News

नख्खु कारागारभित्र झडप, प्रशासन विरुद्ध कैदीवन्दीको नारावाजी

नख्खु कारागारभित्र झडप, प्रशासन विरुद्ध कैदीवन्दीको नारावाजी

नाइकेले कैदीवन्दीसँग पैसा असुलेको भन्दै ललितपुरको नख्खु कारागारभित्र बुधवार कैदी बन्दीहरूले नाराबाजी र प्रदर्शन गरेका छन् । 

कारागार प्रशासनका बुधबार बिहानैदेखि उनीहरूले नाराबाजी र प्रदर्शन गरेका हुन् । नयाँ कैदी बन्दीसँग पैसा असुल्ने र महंगोमा सामान बिक्री गर्ने गरेपछि नाइकेविरुद्ध अरु बन्दीहरू आन्दोलित बनेको जनाईएको छ।

नख्खु कारागारमा करिव ४ सयभन्दा धेरै कैदीवन्दी छन् । उनीहरुले नाइके फेर्नुपर्ने लगायत माग गर्दै प्रदर्शन गरेका हुन् । यस क्रममा दुई समूहबीच झडप समेत भएको थियो । कारागार प्रमुख सुवास लामिछानेले भने प्रदर्शनका क्रममा कारागारभित्र कुटपिट पनि भएको हुनसक्ने जनाउादै यसबारे छानबिन हुने जानकारी दिए । केही ब्यक्ति विरुद्ध अर्को समूहले नाराबाजी गरेको उनको भनाई छ।

कारागारभित्र अराजक गतिविधि गर्नेहरूको पहिचान गरी उनीहरूमाथि कानुनी कारबाही गरिने कारागार प्रमुख लामिछानेले वताए । 

कारागारभित्रका असन्तुष्ट समुहले भने नाइकेले नयाँ बन्दीहरूसँग पैसा असुल्ने, महंगोमा सामान बिक्री गर्नेलगायतका दुःख दिएको गुनासो गरे। कारागार प्रशासनले पनि नाइके विरुद्ध कुनै कदम नचालेपछि भन्दै प्रशासनविरूद्ध पनि उनीहरूले नाराबाजी गरेका छन् । 
 

विशेष