News अपराध सुरक्षा

विगतमा अन्यायमा परेकालाई आफुले न्याय गरेको आइजीपीको दावी

विगतमा अन्यायमा परेकालाई आफुले न्याय गरेको आइजीपीको दावी

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले विगतमा अन्यायमा परेका प्रहरीलाई आफनो कार्यकालको तीन महिनामा न्याय दिएको दावी गरेका छन् ।

आईजीपी नियुक्त भएपछि आफनो कार्यकालमा भएका उपलब्धि सार्वजनिक गर्न बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन। यसैक्रममा संचारकर्मीहरुले ‘कारबाहीमा परेका र कार्यक्षमता कमजोर देखिएकालाई पनि बढुवा गरिएको’ भन्दै प्रश्न उठाए।

त्यसको जवाफ दिदै सिंहले विगतमा कारबाहीमा परेको भन्दैमा सधैँ पछि पारिरहन नहुने बताए। एक पटक कारबाहीमा परेको भन्दैमा सधैँ बढुवा नहुने पछि नै परिरहने भन्ने नहुँने भन्दै उनले कारबाही निश्चित अवधिका लागि हुने र कारबाही भोगिसकेपछि बढुवा हुने उसको अधिकार भएको प्रष्ट पारे।

यसैगरी, ५० प्रतिशत मिटर ब्याजी कारवाहीमा परिसकेको पनि जानकारी दिए । बाँकी रहेकालाई कानुनअनुसार कारबाही गर्ने प्रतिवद्धता जनाए। माइतीघरमा आन्दोलनरत रहेका कतिपय ब्यक्ति वास्तविक पीडित नभएको पनि उनले वताए ।

तीमध्ये ५० प्रतिशतको समस्या प्रहरीले समाधान गरिसकेको भएपनि उनीहरु आन्दोलनमा सहभागी भइरहेको तर्क छ। वास्तविक पीडितलाई प्रहरी कार्यालयमा जाहेरी दिन उनले आग्रह गरे।
 

धीरजप्रताप सिंह

विशेष