News

गाई काट्न र ढिकुरो फुटाउन निर्देशन दिने प्रचण्डको ज्योतिष मोह !

गाई काट्न र ढिकुरो फुटाउन निर्देशन दिने प्रचण्डको ज्योतिष मोह !

द्वन्द्व कालमा धर्मलाई विकासको बाधक भन्दै गाई काटेर भोज गर्न तथा किरिया गर्न लाग्दा ढिकुरो फुटाउन निर्देशन दिने माओवादीका सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्योतिषी विना निर्वाचन क्षेत्र समेत चयन गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

शान्तिपुर्ण राजनीतिमा प्रवेश गरेपछि दुई पटक प्रधानमन्त्री भएका दाहाल पद तथा गोपनीयताको सपथ लिँदा समेत ‘ईश्वर’ शब्द उच्चारण गर्न नमानेर ‘जनताका नाममा’ सपथ लिन्थे। तर, उनको त्यो चरित्र बास्तविक होईन भन्ने कुरा पटक पटक उदाङ्गो हुँदै आयो। उनले ‘साइत हेरेर प्रधानमन्त्रीको उम्मेदवारी दिएको’ तथा प्रधानमन्त्री भएपछि ‘साइत हेरेरै बालुवाटार सरेको’ खबर चर्चामा आएकै हुन। तर, उनको यो वास्तविक्ता देखेर सर्वसाधारण भने आश्चर्य चकित छन् ।

दाहाल तिनै ब्यक्ति हुन जस्को निर्देशनमा ढिकुरो फुटाउने मात्रै गरिएन, माओवादी कार्यकर्ताले ०६० सालमा अछामको विनायकमा कालोसिम्लो मस्टो देवताको मन्दिर नभत्काए। मन्दिरमै दिसापिसाब गरेर हिडे। पुराण वाचक पण्डित नारायण पोखरेलको हत्या गरे। विद्यालयमा पुगेर संस्कृत पढाउन बन्द गराए भने संस्कृत विषयको प्रश्नपत्र जलाए।

उनकै निर्देशनमा माओवादी कार्यकतार्ताले धर्म नमान्न उर्दी जारी गर्दै हिडे। तर, जव माओवादी शान्तिपुर्ण राजनीतिमा आयो, त्यसपछि दाहाल आफै भैसी पुजा गर्दै हिडे। ०६६ माघ २९ गते उनले सुनसरीमा पुगेर भैंसीपूजा गरे। उनलाई यो अवस्थामा पुर्याउने ब्यक्ति भने सोलुखुम्बु जुबु घर भई सुनसरीको चतारामा बस्दै आएका कृष्णदास महाराज अर्थात सिद्धबाबा भनिने कृष्णबहादुर गिरी हुन् । उनै गिरीको लहैलहैमा लागेर दाहालले भैसी पुजा गरे। पछिल्लो समय गिरीमाथि दोहोरो नागरिकता, जडीबुटीको अवैध कारोबार र बलात्कारको आरोप लागिरहेको छ। 

दाहाल अव त कुण्डली नदेखाई कुनै कामै नथाल्ने अवस्थामा पुगेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्ना लागि क्षेत्र निर्धारणसमेत प्रचण्डले ज्योतिषको सल्लाहअनुसार गर्ने भएका छन्। यसअघि उनी निर्वाचन लडेको चितवन–३ मा स्थानीय तहको निर्वाचनमा चित्त वुझ्दो मत नआएपछि उनी हच्किएका छन् ।

त्यसैले उनले उम्मेदवारी दिने सम्भावित क्षेत्रको नाम दिएर ज्योतिषको सल्लाह अनुसार क्षेत्र छनौट गर्ने तयारी गरेको उनी निकट स्रोतको दाबी छ। तर, उनले कुन ज्योतिषीलाई भेट्दैछन भन्ने खुलाईएको छैन।
 

पुष्पकमल दाहाल भैंसीपूजा

विशेष