News अपराध सुरक्षा

निगुरो टिप्न जाँदा बालिका बलात्कार, पक्राउ परे नेपाली

निगुरो टिप्न जाँदा बालिका बलात्कार, पक्राउ परे नेपाली

निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर बालिकालाई बलात्कार गरेको आरोपमा मोरङको शनिश्चरेबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

स्थानीय १४ वर्षीया बालिकालाई बलात्ककार गरेको आरोपमा २१ वर्षीय सन्तोष नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। युवकले बालिकालाई फकाएर बेलबारीस्थित सिंहदेवी सामुदायिक वनमा रहेको खोल्सामा लगेर बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सोमबार साँझ ५ बजे उक्त घट्ना भएको खुलेको छ। शनिश्चरेबाट बेलबारीस्थित दिदीको घर आएको बेलामा नेपाली र बालिकाको चिनजान भएको थियो।

नेपालीले बालिकालाई ‘बिहे गर्छु भन्दै’ बलात्कार गरेको र आफ्नो घर पनि पुर्याएको प्रहरीको अनुशन्धानबाट खुलेको छ। तर, नेपालीको परिवारले बालिकालाई अस्वीकार गर्दै घरबाट लखेटेको जनाईएको छ। त्यसपछि पीडित परिवारले कानेपोखरी प्रहरीमा जाहेरी दिएका थिए ।

बालिकाको जोहरीपछि इलाका प्रहरी कार्यालय बेलबारीले नेपालीलाई सोमबार राति नै घरबाट पक्राउ गरेको हो। उनीविरुद्ध जबरजस्ती करणी मुद्दामा अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ। 
 

बलात्कार

विशेष