News

विराटनगरको कोरोना उपचार केन्द्रबाटै कैदी फरार

विराटनगरको कोरोना उपचार केन्द्रबाटै कैदी फरार

बैंकिङ कसुर मुद्दाका एक कैदी विराटनगर स्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रबाट भागेका छन्। विराटनगर महानगरपालिका–१८ घर भएका ४५ वर्षीय लक्ष्मण दास उपचार केन्द्रबाट बुधबार राति भागेका हुन।

शौचालय जाने बहानामा राति करिव १० बजेतिर भागेको उपचार केन्द्रले जनाएको छ । दासलाई लेनदेन मुद्दामा अदालतले २०७६ साल वैशाख २९ गते ६ महिना कैदको फैसला सुनाएको थियो ।

फैसलापछि उनी फरार थिए । लुकिछिपी बसेको अवस्थामा प्रहरीले साउन २० गते उनलाई पक्राउ गरेको थियो । कारागार चलानका लागि कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि साउन २० गते नै उनलाई कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

शौचालय जाने क्रममा हातको हतकडी खोलेपछि उनी फरार भएको जनाईएको छ। उनको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए।
 

विशेष