News

माधव नेपालको झाँक्री लक्षित टिप्पणी– पार्टीभित्र कुकर्म गर्नेहरु वढे

माधव नेपालको झाँक्री लक्षित टिप्पणी– पार्टीभित्र कुकर्म गर्नेहरु वढे

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र कुकर्म गर्नेहरु वढेको स्विकारेका छन् । पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी भित्र व्यक्तिवाद बढेको बताए।

पद र पैसाको निम्ति पार्टीभित्र जे पनि गर्ने प्रवृत्ति देखापरेको बताएका नेपालले भने–‘पद र पैसाको निम्ति जे पनि गर्ने प्रवृत्ति सुरु भएको छ। मैले पाइँन भनेर कुकर्म गर्न र गुटबन्दी गर्न थाल्छन्। अनेक षडयन्त्र र जालझेल गर्न थाल्छन्। यस्ता प्रवृत्ति नियन्त्रण हुनुपर्छ।’

व्यक्तिवादमा भन्दा पनि सिद्धान्त र आदर्शप्रति समर्पित हुन उनले कार्यकर्तालाई आग्रह गरेका छन्। 

अध्यक्ष नेपालको यो भनाई पार्टी सचिव रामकुमारी झाँक्री प्रति लक्षित रहेको कतिपयले विश्लेषण गरेका छन् । मन्त्रीबाट फिर्ता भएपछि झाँक्री र अध्यक्ष नेपालको सम्वन्ध राम्रो देखिएको छैन। झाँक्रीले विभिन्न अन्तर्वार्ता मार्फत नेपाल विरुद्ध अभिब्यक्ति दिएपछि नेपाल पनि उनीसँग रुष्ट छन् ।

आक्कल, झुक्कल सार्वजनिक स्थानमा हुने भेटमा पनि अध्यक्ष नेपाल र झाँक्रीको सम्वाद हुन छोडेको छ। नेपालले आफु निकटकाहरुसँग झाँक्री कहिलै पनि आफनो पक्षको नभएको र मन्त्रीका लागि आफुलाई साथ दिएर पार्टीमा आएको बताउन थालेका छन् ।

यो पनि,

नेकपा एकीकृत समाजवादी रामकुमारी झाँक्री माधवकुमार नेपाल

विशेष