News

काठमाण्डौंमा यसरी अगाडि वढ्दैछ नयाँ शहर निर्माण गर्ने योजना 

काठमाण्डौंमा यसरी अगाडि वढ्दैछ नयाँ शहर निर्माण गर्ने योजना 

सरकारले काठमाडौंको उत्तरपूर्वी भेगका नयाँ शहर निर्माण गर्ने योजना अगाडि वढाएको छ। शंखरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको १६ हजार रोपनी क्षेत्रफल जग्गा नयाँ शहर निर्माण गर्ने सरकारको योजना छ।

शंखरापुर नगरपालिका–९, कागेश्वरी मनोहरा नगरपालिकाका–१, २, ३ र ४ तथा गोकर्णेश्वर नगरसपालिकाका–१, २ र ४ गरी आठ वटा वडाकाको खाली जग्गा एकीकरणका माध्यमबाट त्यहाँ नमूना शहर बनाउने योजना अगाडि वढेको छ।

तीनवटै नगरपालिकाले यो योजना पारित गरी संयुक्त संयन्त्र निर्माण गरेका छन् । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीको नेतृत्वमा नयाँ शहर निर्माणको काम भइरहेको छ । भने शहरी विकास मन्त्रालयले जग्गा एकीकरणका माध्यमबाट नयाँ शहर बनाउने योजनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुर्याएको छ।

यो प्रस्ताव स्थानीय तह निर्वाचनअघि नै मन्त्रिपरिषद्मा पुगेको हो। प्रस्तावका विषयमा अर्थ मन्त्रालयको राय लिने काम भइरहेको छ। पूर्वी शहरी आयोजना प्रमुख दीपक श्रेष्ठले जानकारी दिए ।

यस क्षेत्रको २३ हजार रोपनी क्षेत्रफल जग्गामध्ये बस्ती एवं जङ्गल क्षेत्र छोडेर १६ हजार रोपनी क्षेत्रफलमा नयाँ शहर निर्माण गर्न लागिएको हो । जग्गा एकीकरणका माध्यमबाट सबै घडेरीमा सडक, बत्ती, ढल, इन्टरनेटलगायत पूर्वाधार लैजाने योजना आयोजनाको छ ।

तर, आयोजनाको अवधारणा प्रति स्थानीयले विरोध गरेका छन् । शंखरापुर नगरपालिका–९ का स्थानीयवासीले कृषियोग्य जमिन मासिने भन्दै विरोध जनाएका हुन। जग्गा एकीकरण गर्दा जग्गाधनीको करिब ४५ प्रतिशत जग्गा जाने भएकाले पनि कतिपय स्थानीयवासीले पारदर्शी नभएको भन्दै विरोध जनाएका थिए । 

यो आयोजना ०७४ को स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले सुरु गरेका थिए । 
 

नयाँ शहर

विशेष