News विदेश

बिहारको उपमुख्यमन्त्री भए लगत्तै किन दिल्ली पुगे तेजस्वी यादव ?

बिहारको उपमुख्यमन्त्री भए लगत्तै किन दिल्ली पुगे तेजस्वी यादव ?

बिहारको उपमुख्यमन्त्री भए लगत्तै तेजस्वी यादव लालु यादव र सोनिया गान्धिलाई भेट्न दिल्ली पुगेका छन् । दुई दिनअघि बिहारको उपमुख्यमन्त्री बनेका उनी दिल्ली पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

राष्ट्रिय जनता दलका नेता तेजस्वी बिहीबार दिल्ली पुगेका हुन् । त्यहाँ रहँदा उनले कांग्रेस अध्यक्ष सोनिया गान्धीसँग भेट गर्नेछन् भने पार्टी अध्यक्षसमेत रहेका पिता लालुप्रसाद यादवसँग पनि उनको भेट हुनेछ ।

भेटमा बिहारको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ जनाईएको छ। बीजेपीसँगको गठबन्धन तोड्दै नितिश कुमारले राष्ट्रिय जनता दलसँग मिलेर नयाँ सरकार बनाएका छन् । यही २४ अगस्टमा उनले विश्वासको मत लिँदैछन् । 
 

तेजस्वी यादव

विशेष