News

प्रदेश सरकारसँग रवि लामिछानेलाई किन यत्रो रिस ?

प्रदेश सरकारसँग रवि लामिछानेलाई किन यत्रो रिस ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश सरकार राजनीतिक भर्ती केन्द्रमा मात्रै भएको आरोप लगाएका छन् । शुक्रबार हेटौँडामा आयोजित वागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले प्रदेश संरचना बारे सोच्नुपर्ने बेला आएको वताए ।

प्रदेश सरकार राजनीतिक दलका आफ्ना र कार्यकर्ता भर्ती केन्द्र मात्र हुन् ? भन्दै उनले एउटा प्रदेशमा १८ जना मन्त्री अनावश्यक भएको वताए । ‘वागमती प्रदेशमा १८ जना के का लागि ?’ उनको प्रश्न छ–‘प्रदेशमा १८ जना मन्त्री बनाएर जनतालाई हिलो, धुँवा खुवाउँदै खाडल भएको सडकमा गुड्नको लागि मात्र १८ जना मन्त्री बनाएको हो ?’

देशमा नेताहरुले गरेको गलत कामको एक–एक हिसाब खोज्ने र आउँदो निर्वाचनमा आफूहरु विजयी भए भ्रष्टाचारीलाई ठेगान लगाउने उनको जिकिर छ। उनले ठुला दलका नेताहरूले आफ्नो परिवारको समृद्धिको लागि मात्र काम गरेकाले देश उँभो लाग्न नसकेको वताए ।

‘अर्काको छोराछोरीलाई बन्दुक बोक्न लगाएर आफ्ना छोराछोरीले विदेशमा पढेर पास गरेको डिग्री फेसबुकमा पोष्ट गर्न लाज लाग्दैन ?’– उनले परिवारवादमा फसेका नेताहरुलाई प्रश्न गरे।
 

रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी

विशेष